जनकपुरधाम । प्रदेश २ सरकारले हालै अध्यादेश मार्फत गठन गरेको विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ ।
कात्तिक २३ गते प्रदेश सरकारले कृषि र प्राविधिक सहित दुई विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अध्यादेश ल्याएको थियो । हाउस छँदाछँदै के को हतारमा सरकारले अध्यादेश ल्याएको भनी चर्को आलोचना भइरहेकै बीच सरकार कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन ।
बजेट र भौतिक संरचना सहितका पुर्वाधर नभएका विश्वविद्यालयका लागि मन्त्रिपरिषद्को सिफारिसमा कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको लागि मंगलबार मुख्यमन्त्री लालबाबु राउतले उपकुलपतिको रुपमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेका हुन् ।
प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य समेत रहेका सिरहाको मिर्चैया नगरपालिका वडा नं. २ का डा. वैधनाथ महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कुलपति समेत रहेका मुख्यमन्त्री राउतले नियुक्त गरेका हुन् ।
बजेट, भौतिक संरचना र विश्वविद्यालय संचालन सम्बन्धी कुनै कानून नरहेकै अवस्थामा विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने कुराको प्रतिपक्षी दलले कडा विरोध गरेका छन ।
प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश प्रमुख सचेतक परमेश्वर साहले भने सरकारले आफ्ना निकायहरुलाई कार्यकर्ता भर्ती केन्द्रको रुपमा प्रयोग गर्दै आइरहेका छन । उनले भने विश्वविद्यालय संचालनका लागि बजेटको त कुरै छाडौ न त कुनै कानून छ न कुनै भौतिक संरचना नै छैन यस्तो अवस्थामा आफ्ना पार्टीका मान्छेलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले उपकुलपतिमा नियुक्त गर्नु भनेको कार्यकर्ता पाल्ने कार्य मात्र हो ।
उता प्रदेश सरकारका प्रवक्ता अर्थ मन्त्री शैलेन्द्र साहले भने दुईवटै विश्ववद्यालयको संचालनका लागि २५÷२५ करोड रुपैयाको दरले सरकारले विनियोजन गर्न लागेको छ । कर्मचारी भर्ना, पाठ्यक्रम, प्रशासनिक कार्य संचालन इत्यादि व्यवस्थापनका लागि कार्यविधि पनि तयार पार्ने कार्य भइरहेको छ । यी सबै कुरा व्यवस्थापन गर्न उपकुलपतिको आवश्यकता ठानेर सरकारले नियुक्त गरेका हुन ।
जहाँसम्म विश्वविद्यालयको भौतिक संरचनाको हाल राजविराजस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पब्लिक विन्देश्वरी क्याम्पससँग समन्वय गरी संचालन गर्ने तयारी भइरहेको छ । हामी टियूसँग समन्वय गर्ने प्रयास गर्छौ, यदि सहमति हुन सकेन भने प्रदेश सरकारले आफ्नै संरचना निर्माण गर्नेछ प्रवक्ता साहले भने ।
भौतिक संरचना नभएकै अवस्थामा उपकुलपति बस्ने कार्यालयको जिज्ञासामा उनले भने आज उहाँ नियुक्त नै भएको विश्वविद्यालयको केन्द्रिय कार्यालय रहने ठाउँ राजविराजमै राख्ने गरी तयारी भइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !