विराटनगर । स्वास्थ्य सेवामा गुणस्तरीयता र सुदृढिकरण गर्न प्रदेश नं. १ सामाजिक विकास मन्त्री जयराम यादवले स्थास्थ्य संस्थाहरुको निरिक्षण थालेका छन ।
यसैक्रममा उनले इलाम अस्पतालको निरिक्षण गरेका छन । इलामको सन्दकपुर गाउँपालिकाको मावुमा संगठनको जनजागरण कार्यक्रममा जाने क्रममा अस्पतालको निरिक्षण गरेका हुन ।
निरिक्षण पछि मन्त्री यादवले अस्पतालमा भएको समस्याको समाधानमा लाग्ने बताएका छन् । उनले अस्पताल भएको कर्मचारी अभावको पदपुर्तिका लागि पनि पहल गर्ने बताए । कर्मचारी आभाव पदपुर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्न कानुनी समस्या रहेको हुँदा केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।
इलाम अस्पतालमा केही समयअघि मात्रै भेन्टिलेटर ल्याइएपनि जनशक्ति अभावमा अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । कोरोना महामारीको समयमा पनि जनशक्ति अभावको कारण भेन्टीलेटर सञ्चालनमा आउन सकेको थिएन । सञ्चालनमा ल्याउनका लागि पहल गर्ने मन्त्री यादवले भने ।
यसका साथै स्वास्थ्य चौकिहरूको पनि अनुगमन गरेको जानकारी मन्त्रीका स्वकीय सचिव देवेन्द्र यादवले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !