मुकेश यादव
विराटनगर । देशका प्रमुख नाका मध्येका विराटनगर भन्सार कार्यालय रानीले एक सय रुपैयाभन्दा बढीको सामान भारतबाट किनेर ल्याउनेहरुसँग राजश्व असुल्न थालेको छ ।
भारतीय बजारबाट दैनिक रुपमा सामान किनेर ल्याउने गरेको कारण नेपाली बजार प्रभावित हुनुका साथै देशको अर्थतन्त्रमा समेत ठूलो असर पर्दै गइरहेकोले राजश्ल अभियानलाई तिव्रता दिइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
भन्सार नियमावली अनुसार एक सय रुपैयाँ भन्दा बढीको सामानको अनिवार्य राजस्व तिर्नुपर्ने नियमलाई भन्सार कार्यालय रानी यात्रु शाखाको माध्यमबाट व्यवहारमा लागू गर्न कडाई गरिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ ।
भन्सारमा खटेका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीको सहयोगमा भन्सार सिमाबाट ठुलो परिमणमा सामान कसैले नल्याए पनि बाहिर व्यापारिक हिसाबको सामानहरु धेरै फेला पर्न थालेपछि भन्सार कार्यालयले यस्तो कदम उठाएको हो ।
व्यापारिक हिसाबको सामानहरु धेरै फेला पर्न थालेपछि पनि सय रुपैयाँ भन्दा बढीको सामानलाई अनिवार्य राजस्व तिर्नु पर्ने वातावरण बनाएको भन्दै विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र प्रसाद ढुंगानाले निजी गुन्टा झिटी भारी सम्बन्धी सूचना जारी गर्दै कडाई थालिएको बटाए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !