जनकपुरधाम । नेपाली काँग्रेसको प्रदेश २ का उपसभापतिमा प्रफुल्ल घिमिरेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बिहिबार एक पत्रकार सम्मेलन आयोजना गरी पत्रकार समेत रहेका घिमिरेले निधि खेमाबाट उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
घिमिरे २०३५ साल देखि नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिकको सुरुवात गरेका छन् । उनले पछिलो ४३ वर्ष देखि राजनीतिमा लागेकोमा पटक पटक जेल यातना भोगेको बताए । उनी राराब स्ववियुमा उपसभापति, तत्कालिन जिल्ला विकासको इलाका नं. १३ संयोजनक, नेपाली काँग्रेस जनकपुर नगरसमितिको सदस्य, सचिव भएका हुन् भने तरुण दलको जिल्ला अध्यक्ष, केन्द्रि सदस्य भएर काम गरिसकेको बताए ।
नेपाली काँग्रेसको संरचनामा पहिलो पटक उम्मेदवारी दिन लागेका घिमिरे संगठन भित्रको विकृति विसंगतिहरुलाई हटाउन र नेपाली काँग्रेसलाई समावेशिताको शिद्धान्तको आधारमा विधिविधानमा मात्र सिमित नगरेर व्यवहारीकमा लागु गराउन अहम भूमिका निर्वाह गर्ने बताए ।
नेपाल पत्रकार महासंघ धनुषाका साधारण सदस्य रहेका घिमिरेले आफ्नो उम्मेदवारी हरेक समुदाय, धर्म, जात, भाषाभाषीलाई समानताको आधारमा नेपाली काँग्रेसको नेतृत्व तहमा संगठनका पदाधिकारी, कार्यसमितिमा कसरी लग्ने त्यो अभियानमा लाग्ने बताए ।
निर्वाचित भएपछि महासंघको सदस्यता के गर्ने बारे भन्ने संचारकर्मीहरुको जिज्ञासामा घिमिरेले आफू निर्वाचित भएपछि नेपाल पत्रकार महासंघको सर्कुलर र विधानको निति निर्देशनको पाल्ना गर्दै अघि बढने प्रतिबद्धता जनाए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !