जनकपुरधाम । एचआईभी संक्रमितकाे संख्या चेकजांचकाे दायरा संगै बढदै गएकाे छ ।
३४ औं विश्व एड्स दिवसको अवसरमा बुधवार धनुषाको सपहीमा स्वास्थ्य निर्देशनालयद्वारा आयोजित पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा यस्ताे जनाइएकाे छ ।
कार्यक्रमा प्रदेशको अवस्था बारे जानकारी दिदै सेभ द चिल्डे«नका सिनियर प्रोग्राम कोर्डिनेटर चन्द्रनारायण साहले तथ्यांक प्रस्तुत गर्दै भने गत तीन वर्षकाे अवधिमा मात्रै २४९ जना बढेकाे जुन दाेब्बरभन्दा पनि बढी छ ।
साहले प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कुल ५ हजार ६ सय ९० चेकजाँचमा २२६ पोजेटिभ केश भेटिएका थिए भने आ.ब. ०७६/७७ मा १४ हजार ६ सय २ चेकजाँचमा चार सय र आ.ब. ०७७/७८ मा सो संख्या बढदै २५ हजार ९ सय ७८ चेकजाँच ४ सय ७५ जना संक्रमित फेला परेको थियो ।
उनले भने नेपाल सरकारले सन् २०१८ सम्ममा ४ हजार ५६ संक्रमित फेला पार्ने लक्ष्य लिएकोमा २०२१ सम्ममा सो ह्वातै ११८ प्रतिशतले वृद्धि भएको छ, जुन सरकारका लागि चुनौतीपुर्ण अवस्था रहेको छ ।
हाल ४ हजार ३ सय ८० संक्रमित मध्ये ३ सय १ सम्पर्क विहिन रहेको कारण उपचार सेवाबाट वञ्चित रहेको उनले तयार पारेकाे तथ्यांकले जनाइएको छ ।
पछिल्लो असार मसान्त सम्मको तथ्यांक अनुसार प्रदेशमा कुल संक्रमित मध्ये २ हजार ९ सय ९८ जना नियमित उपचारमा रहेको छ भने एक हजार ३ सय ८२ जना उपचारबाट वचित मिसिंग लिस्टमा रहेको छ ।
उपचारत संक्रमित मध्ये १ हजार ७ सय ३० जना अरुलाई सार्न सक्ने जोखिम अवस्थामा रहेको छ भने १ हजार ६ सय ५६ जना सुपरसेड (अरुलाई सार्न नसक्ने) अवस्थाका रहेको जानकारी दिए ।
उनले भने उपचारबाट वंचित मिसिंग लिस्टमा रहेका एक हजार ३ सय ८२ जना मध्ये ६ सय ७२ जना अन्य प्रदेशमा औषधि लिइरहेका छ भने ३ सय ९७ जनाको मृत्यु भइसकेको र ३ सय एक जना सम्पर्क विहिन रहेको छ ।
उनका अनुसार सम्पर्क विहिन मध्ये २३ जना पुर्ण मिसिंग रहेको छ भने २ सय ७८ जना उपचारका लागि नाम दर्ता गराएपछि सम्पर्कमा नआएको रहेका छन । कुल संक्रमित मध्ये एक सय ७५ जना बालबालिका संक्रमित रहेको छ ।
कार्यक्रममा साहले नेपाल सरकारले सन् २०३० सम्म एचआईभी संक्रमण शून्यमा झार्ने लक्ष्य दिएको जनाकारीमा जुन रुपमा संक्रमितको संख्यामा बढदै गएको छ त्यस अवस्थामा शून्यमा झार्ने ठूलो चुनौती हुने सहभागी पत्रकारहरुले कुरा उठाएका छन ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सचेतनाका लागि स्वास्थ्य निर्देशनालयले नियमित रुपमा अपडेट सहितका जानकारी दिनुपर्ने र मिसिंग भएका संक्रमितहरुलाई चाँडोभन्दा चाँडो खोजबीन गरेर उपचारमा ल्याउनुर्ने भने ।
त्यस्तै आयोजक संस्था स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले अन्तराष्ट्रिय संस्था ग्लोबल फण्डसको कार्यक्रम अन्तर्गत एचआई संक्रमित बालबालिकाको स्याहार सुसार र भरणपोषणका लागि उपलब्ध गराउंदै आएको काभा भत्तालाई सरकारले आफ्नो कार्यक्रम समावेश गर्दा दिगोपना हुन सक्ने बताए ।
उनले संक्रमितले पाउने यस्ता सेवा सुविधाको कार्यक्रम संघीय सरकार मात्र नभई प्रदेश सरकार समेतले अपनत्व ग्रहण गरी स्वास्थ्य कार्यक्रममा राख्नुपर्ने नभए दातृ निकाय संस्थाहरुसंग पहल गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले देश संघीय संरचनामा गएपछि चेकजाँच पहिलाभन्दा प्रभावकारितामा कमी आएकोले यसलाई प्रभावकारी बनाउन स्थानीय तह स्वास्थ्य संस्थाहरुसम्म चेकजाँचमा तिव्रता दिनुपर्ने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !