जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनुषाको ८ प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये ६ वटा अधिवेशन सम्पन्न भईसकेकाे छ ।
सम्पन्न अधिवेशनबाट ५ वटा क्षेत्रमा सर्वसम्मति र एउटामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएकाे छ भने दुईवटामा सहमतिकाे प्रयास भइरहेकाे नेपाली कांग्रेस धनुषाका उपसभापति सन्तोष यादवले जानकारी दिएका छन ।
उनका अनुसार क्षेत्र नम्बर १ (१) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १(२) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। साह सर्वसम्मतले र लामा मतदान प्रक्रियाबाट नेतृत्व पाएका छन ।
उपसभापति यादवले भने क्षेत्र नं. १ (२) मा सहमति जुटन नसक्दा मतदान प्रक्रियामा गएकाे । निर्वाचित लामाले २५७ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी मदन यादवले ७१ प्राप्त गरेका छन्।
त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर २(१) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ। उक्त क्षेत्रमा सुमेद साह सभापतिमा निर्वाचित भएका छन्। उपसभापति यादवले निर्वाचन क्षेत्र नम्बर २(२) मा सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसके मतदान प्रक्रियामा जान सक्ने बताए ।
यता कांग्रेस उपसभापति विमलेन्द्र निधिको निर्वाचन क्षेत्र समेत रहेको धनुषा ३ (२) निर्वाचन क्षेत्रमा पनि सहमतिबाट नेतृत्व चयन भएको छ भने ३ (२) मा सहमतिकाे प्रयास जारी रहेकाे छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३(२) मा रामचन्द्र पजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् भने ३ (१) मा छेदी राउत, कपिलदेव यादव र मुन्ना चाैधरी तीन जना दावेदार रहेकाे कारण सहमति मिलाउने प्रयास भईरहेकाे उपसभापति यादवले जानकारी दिएका छन ।
यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमतिमै नेतृत्व चयन भएको छ। निर्वाचन क्षेत्र नम्बर ४(१) मा योगनारायण यादव र ४(२) मा बासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।
प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मंसिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ। धनुषामा चारवटा निर्वाचन क्षेत्र रहेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !