जनकपुरधाम । नेकपा एमाले दसौं महाधिवेशनका लागि प्रदेश २ बाट २ सय ३२ जना प्रतिनिधि छनौट गरिएको छ ।
एमाले प्रदेश २ का सचिव मनोज खड्काका अनुसार अहिलेसम्म मोटामोटी २ सय ३२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन । तर यसमा अझै केही थपघट हुन सक्ने सम्भावना रहेको छ । उनले दिएको जानकारी अनुसार धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७, बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ ।
उनका अनुसार प्रदेश कमिटीबाट ५ जना मनोनीत गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो । केन्द्रले पनि आजै प्रदेश २ बाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने जानकारी बताइएको छ । ‘नयाँ नेतृत्व चयनका लागि यही मंसिर १० देखि १२ गतेसम्म एमालेको १०औं राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !