जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत धनुषा जिल्लाको पालिका नेतृत्व चयनमा सर्वसम्मत र निर्वाचन प्रक्रियामा ५०/५० भएका छन । जिल्लाको १८ पालिका मध्ये ९ वटामा सर्वसम्मत र ९ वटामा निर्वाचनबाट नेतृत्व पाएको छ ।
आइतवारदेखि शुरु भएको अधिवेशन आज एक बजेसम्म चलेको छ । गुटबन्दी विवादका कारण ९ वटा पालिका सोमवार नै सर्वसम्मति भइसकेको थियो भने मंगलवार र बुधवार गरी बांकी रहेका ९ वटा पालिकामा निर्वाचन भएको हो ।
जिल्लाभरिको पालिकाको अधिवेशन सम्पन्न सर्वसम्मत भएकाहरुमा प्रमाण पत्र वितरण भइसकेको छ भने निर्वाचन भएका पालिकाहरुमा प्रमाणपत्र दिने कार्य जारी रहेको जल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिएका छन ।
क्षेत्र नम्बर १ मा ५ पालिका मध्ये धनुषाधाम नगरपालिकामा चन्द्रीप यादव, हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मतले नेतृत्व पाएका छन भने निर्वाचनबाट सबैला नगरपालिकामा खटु यादव, मिथिलाबिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादवले नेतृत्व पाएको पुर्व सांसद आनन्द प्रसाद ढुंगानाले जनाएको छ ।
क्षेत्र २ का ५ पालिका मध्ये औरही गाउँपालिकामा जुगल सिंहले सर्वसम्मतले नेतृत्व पाएका छन भने यी बाहेक ४ पालिकामा निर्वाचनबाट विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलिपकुमार यादवले नेतृत्व पाएको पुर्व सांसद दिनेश प्रसौलाले जनाएका छन ।
त्यस्तै क्षेत्र ३ मा उपमहानगरपालिका सहित ४ पालिकामा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ । प्रदेश संसदीय दलका नेता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादवले सर्वसम्मतले नेतृत्व पाएका छन ।
क्षेत्र ४ का चार पालिका मध्ये दुईमा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ भने एउटामा निर्वाचनबाट नेतृत्व पाएको हो । पुर्वमन्त्री महेन्द्र यादवका अनुसार लक्ष्मिनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मतले नेतृत्व पाएका छ भने मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर राजेन्द्र यादवले निर्वाचनबाट नेतृत्व पाएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !