जनकपुरधाम । माँ जानकी जनकपुरधाम यातायात प्रालिमा अध्यक्ष मनाेज चाैधरी प्यानल पुनः विजयी भएका छन ।
शनिवार सम्पन्न मतदानबाट माँ जानकी जनकपुरधाम यातायात प्रालिकाे संस्थापक र यातायात व्यवसायी संघकाे चाैथाे कार्यकालका लागि चाैधरी निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृत अधिवक्ता विजय ठाकुरका अनुसार ११ सदस्सीय सञ्चालन समितिका लागि अध्यक्ष चाैधरी सहित नरेश साह, सुनील कुमार मिश्रा, सुनील जालान, देवेंद्र यादव, हरिशंकर यादव, अशोक कुमार साह, मोहन पांडेय, मायानंद झा, बिजय कुमार यादव र रोशन कुमार साह सदस्य पदमा निर्वाचित भएका हुन ।
अधिकृत ठाकुरका अनुसार ११ सदस्सीय सञ्चालन समितिका लागि २५ जना उम्मेदवार थिए । निर्वाचित ११ जना मध्येअध्यक्ष सहित पदाधिकारी छनाैट गरिनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !