जनकपुरधाम। धनुषामा स्थगित गरिएका कांग्रेसको पालिकाकाे निर्वाचन आइतवार हुने भएको छ ।
शुक्रवार निर्वाचन अधिकृत अरूण ज्ञवालीले सुचना प्रकाशन गरी मंसिर ४ र ६ गतेका लागि तय गरिएकाे पालिका तथा प्रदेश क्षेत्रिय अधिवेशन तत्कालका लागि प्राविधिक कारणले स्थगित गरिएको जनाएकाे थियाे ।
सुचना प्रकाशनकाे २४ घण्टा नबित्दै स्थगित गरिएकाे निर्वाचन मध्ये पालिका स्तरीय निर्वाचन आइतवार हुने शनिवार एक सुचना प्रकाशन गरी जनाएकाे छ ।
पालिका स्तरीय मतदाताकाे नामावलीकाे प्राविधिक कार्य पूरा भइसकेकाे कारण निर्वाचनकाे मिति तय गरिएकाे उनले बताए ।
याे निर्वाचन सम्पन्नपछि क्षेत्रिय मतदाताकाे नामावलीकाे प्राविधिक कार्य सम्पन्न लगतै प्रदेश सभा क्षेत्रिय निर्वाचनकाे मिति तय गरिने उनले बताएका छन । यसअघि पालिकाकाे निर्वाचन मंसिर ४ र क्षेत्रिय मंसिर ६ गतेका लागि मिति तय गरिएकाे थियाे ।
उनका अनुसार जिल्लाका ४ निर्वाचन क्षेत्र मध्ये २ र ४ मा सहमति नपुगेर मतदाता क्षेत्रिय प्रतिनिधिकाे नामावली आउन नसक्दा कम्प्युटरकाे सफ्टवेयर लाेड गर्न बांकी रहेकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !