जनकपुरधाम । प्रहरीले धनुषाकाे क्षिरेश्वर नगरपालिकाबाट ३ वर्षिय बालिका बलात्कार आराेपमा एक ७५ वर्षीय साधुलाई पक्राउ गरेकाे छ ।
प्रहरीका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ को इच्छापुरस्थित एक मन्दिर बस्दै आएका साेही नगरपालिकाका वडा नम्बर ६ निवासी साधु शिवजी रामलाई पक्राउ गरिएकाे हाे ।
बालिकालाई मन्दिरमा जबर्जस्तीकरणी गरेको पीडित परिवारले दिएकाे किटानी जाहेरीकाे आधारमा ती साभुलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले बताएका छन ।
प्रहरी नियन्त्रणमा रहेकाआराेपित विरूद्ध जबर्जस्तीकरणी सम्बन्धी कसुरमा मुद्दा चलाएको भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको ईन्चार्ज सुनारले जनाएकाे छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !