जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा मधेशी जनताले अहिलेसम्म अधिकार पाउन नसकेको बताएका छन ।
बुधबार महोत्तरीको रामगोपालपुरमा स्वास्थ्य चौकीको उदघाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने संविधानमा मधेशी जनताले पाउन सक्ने जतिको अधिकार पाउन सकेको छैन, ती अधिकार प्राप्तिका लागि आफू सदैव लडि रहनेछु ।
उनले भने ‘म प्रधानमन्त्री भएको बेला मधेशी जनताको अधिकार स्थापित गराउन संविधान संशोधनका लागि दुई÷दुई पटक प्रस्ताव दर्ता गराए तर सफल हुन सकेनौ, जबसम्म प्रस्ताव पारित हुँदैन तबसम्म सदनमा लडिरहनेछु ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले आफुले जनतासँग गरेको वाचा पुरा गरेको दावी गरे । उनले भने, ‘ हुलाकी राजमार्गका लागि नेपाल सरकार मात्र होइन म प्रधानमन्त्री हुँदाखेरी भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन÷तीन पटक कुरा गरेको थिए । दोश्रो पटक प्रधानमन्त्री हुँदा सिरहामा हुलाकी राजमार्गको शिलान्यास गरेर वाचा पुरा गरेको हुँ ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने मधेशी जनताको विकासका निम्ति स्थानीय चुनावको बेला हुलाकी राजमार्ग निर्माण निर्माणलाई पुर्णता दिने प्रतिबद्धता जनाएका थिए । सो वाचा अहिले भिट्ठामोड जनकपुर सडक खण्ड तिव्रगतिमा निर्माण भइरहेको देख्दा पुरा भइरहेको छ ।
उनले आफ्नो गठबन्धन बलियो रहेको दाबी गर्दै भने म प्रधानमन्त्री नभएपनि प्रधानमन्त्री बनाउने मान्छे छु । कुनैपनि व्यक्ति आफू पदमा रहेको भन्दा पदमा पुरयाउने व्यक्ति शक्तिशाली हुन्छ । त्यसैले आफू गठबन्धनमा पनि मजबूत स्थितिमा छु ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !