जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँडले उद्योगी व्यवसायीलाई अप्ठेरो होइन स्वतन्त्रतापर्वुक उद्योग व्यवसाय संचालनका लागि सहज वातावरण निर्माण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन ।
मंगलवार मैथिली विकास कोषद्वारा आयोजित एक कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघले यहाँका प्रहरी प्रशासनले व्यवसायीहरुको माल सामान नियन्त्रणमा लिई झुठा मुद्दा लगाएर व्यवसायिक स्वतन्त्रता हनन गरिरहेको आरोप लगाउंदै त्यसलाई रोक्न गरेको मांगलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले यस्तो निर्देशन दिएका हुन ।
उनले भने यो समस्या सम्पूर्ण देशकै हो । तर जहाँसम्म यहाँका उद्योगी व्यवसायीहरुको जुन समस्या छ त्यसमा अप्ठेरो होइन स्वतन्त्रतापुर्वक उद्योग व्यवसाय संचालन गर्नमा सहयोग गरेर सहज वातावरण निर्माण गर्न प्रदेश २ का प्रहरी प्रमुख सहित स्थानीय सुरक्षा निकायलाई निर्देशन दिन्छु ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका पदाधिकारीहरुले ज्ञापन मार्फत हामीले नेपाल सरकारको निती नियम कानून र निर्देशन अनुसार मालसामान आयात गर्दा र नेपाल सिमा भित्र रहेको मालसामान नियन्त्रणमा लिई सीमावर्ती क्षेत्र र दशगजाबाट फेला परेको भनी नियन्त्रणमा लिई झुठा मुद्दा लगाएर प्रहरी प्रशासनले दुख दिने गरेको आरोप लगाउंदै विभिन्न मांग गरेका छन ।
ज्ञापन पत्रमा भीसीटीएस बील, भ्याट÷प्यान बिल रहेको मालसामान प्रहरीले बरामद गर्न गराउने काम बन्द गरिनु पर्ने, कानून संगत बील भएका माल सामान र सवारी साधनहरु सम्बन्ति भन्सार कार्यालयले लिलाम, जफ्त गर्ने सहितका झुठा आरोप लगाई मुद्दा चलाउने काम काम बन्द गरिनुपर्ने, सामान फेला परे वाणिज्य संघको पदाधिकारीको रोहबरमा मुचुल्का उठाउने प्रावधान कार्यान्वयन गर्नुपर्ने लगायतका मांग गरेका छन ।
साथै उपरोक्त व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित निकायहरुलाई लिखित निर्देशन दिई त्यसको बोद्यार्थ ज्ञापनपत्रकर्तालाई प्रदान गर्नुपर्ने सहित गएको असोज १४ गते अर्थमन्त्री जर्नादन शर्माको उपस्थितिमा केन्द्रिय राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा भएका निर्णय कार्यान्वयन गराउन मांग समेत गरेका छन ।



















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !