जनकपुरधाम । मिथिलाञ्चलको ठूलो पर्व मानिएका छठ पर्वको दृष्टिगत गर्दै जनप्रतिनिधिद्वारा पुजा सामाग्राी वितरण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष शिवकुमार साह (शिवु) ले आफ्नो निजी खर्चमा वडाका गरीब विपन्न परिवारहरुलाई साडी र अगरवती लगायतका पुजा सामाग्री सहित नगद ५ सय ५ रुपैया वितरण गरेका छन ।
वडा कार्यालयमै एक कार्यक्रम आयोजना गरी वडाका जेष्ठ नागरिक ९५ वर्षिय महिला शैलेश देवी कर्णको प्रमुख आतिथ्यमा एक हजार व्रतालु महिलालाई सो प्रसाद सामाग्री वितरण गरिएको हो ।
सो कार्यक्रममा वडा कार्यालयद्वारा जेष्ठ नागरिक कर्णलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

वडाका गरीब विपन्न परिवारका करीब एक हजार व्रतालु महिलाहरुलाई साडी, साया, ब्लाउज, अगरबत्ती लगायतका पुजा सामग्री वितरण गरेका गरिएको वडाध्यक्ष साहले बताए । उनले भने छठ पर्व खर्चिलो भएको कारण कुनै वडावासीलाई असहज महसूस नहोस भन्ने उद्देश्यका साथ प्रत्येक झै यसवर्ष पनि आफ्नै निजी खर्चमा सहयोग गरिएको हो ।
सो कार्यक्रममा गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष संतोष साह र वडाका पदाधिकारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !