जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँडले तराई मधेशमा व्याप्त समस्या छिट्टै नै समाधान गरिने जनाएका छन ।
सोमवार जनकपुरधाममा कार्यकर्ता भेला सुरक्षा समितिको बैठकमा सहभागी हुन आएका गृहमन्त्री खाँडले जनकपुरधाम विमान स्थलमा संचारकर्मीसँग कुरा गर्दै भने नागरिकता समस्या तराई मधेश मात्र नभई सम्पूर्ण देशकै रहेकाले अध्यादेशबाट होइन ऐन मार्फत नै दिर्घकालिन रुपमा समाधान गर्न सरकारको तयारी रहेको छ ।
उनले भने प्रमुख प्रतिपक्षी दल एमालेले पटक पटक संसद अवरुद्ध गर्दै आएको कारण नागरिकता विधेयक लगायतका अन्य आवश्यक विधेयकहरु अडकिएको छ । संसद सुचारु हुने बितिकै सबभन्दा पहिला नागरिकता विधेयक नै हामी पारित गराएर समस्या समाधान गर्नेछौं ।
संचारकर्मीहरुको जिज्ञासामा उनले आम जनताको जिवन रक्षाको लागि नेपाल सरकार गम्भिर रहेकोले सरकारको प्रमुख प्राथमिकता रहेको बताउँदै राज्यको र सरकारको पहिलो दायित्व हुन गएकोले आफूहरु त्यसका लागि आफुहरु प्रयत्नशिल रहेको बताए ।
न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको छ जहाँसम्म गठबन्धनको कुरा हो छिट्टै नै कुनै निष्कर्षमा पुग्नेछ भने ।
काँग्रेसको महाधिवेशनको प्रसंगमा गृहमन्त्री खाँडले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको विभिन्न गतिविधीले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए ।
गृहमन्त्रीलाई प्रदेशका डिआईजी रञ्जिकार आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र तथा नेपाल प्रहरीका जिल्ला प्रमुख, प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह र कांग्रेससँग आबद्ध प्रतिनिधि तथा प्रदेश सांसदहरु विमान स्थलमा स्वागत गरेका थिए ।
गृहमन्त्री आउनु अघि देखि नै विमान स्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । विमान स्थल परिसरलेखि भीआईपी कक्षसम्म सयौंको संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !