जनकपुरधाम । चित्रगुप्त पुजनोत्सवको अवसरमा चित्रगुप्त सेवा समिति जनकपुरधामद्वारा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पत्रकार राजेशकुमार कर्ण पुरस्कृत एवं सम्मानित भएको छ ।
सामाजको उत्थानका लागि पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै समितिद्वारा पत्रकार कर्णलाई श्यामकला अक्षयकोषले ११ हजार रुपैया नगद राशि सहित पुरस्कृत एवं सम्मानित गरेको छ ।
सो सम्मान प्रत्येक वर्ष चित्रगुप्त सेवा समिति जनकपुरधामले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने चित्रांश परिवारका एकजनालाई सम्मानित गर्दै आएको छ । यसवर्ष पत्रकारिता क्षेत्रबाट सम्मानित गरेको हो ।
पत्रकार कर्ण नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्षसंगै जनकपुर टेलिभिजनका सम्पादक समेत हुन । पत्रकार कर्णलाई मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त र समितिका अध्यक्ष नागेन्द्र कर्णले संयुक्त रुपमा प्रमाणपत्र र ११ हजार नगद दिई सम्मान गरेका थिए ।
पत्रकार कर्णले प्राप्त गरेका सम्मानप्रति समितिलाई धन्यवाद दिंदै प्राप्त नगद ११ हजार रुपैया कोषको श्रीवृद्धिका लागि पुनः कोषलाई नै फिर्ता गरेका छन् ।
सो अवसरमा समितिले अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई पनि अन्य पुरस्कारहरुबाट पुरस्कृत गरेका थिए । चित्रगुप्त पूजाको अवसरमा आयोजित कवि गोष्ठी एवं पुरस्कार वितरण कार्यक्रममा जनकपुर क्षेत्रका साहित्यकारहरुले कविता वाचन पनि गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !