जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका मनाइने छठ पर्वको अवसरमा जनकपुरधाममा गरीब विपन्न परिवारहरुलाई पूजा सामाग्री व्रतालु महिलाहरुलाई वितरण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साहले आफ्नो निजी खर्च र केही दाताहरूकाे सहयाेगमा करीब चार सय छठ व्रतालु महिलाहरुलाई साडी र प्रसाद सामाग्रीहरु सहयोग स्वरुप गरेका हुन ।
छठमा कसैलाई पूजापाठ गर्न असहज महसूस नहोस उद्देश्यले गरीब तथा विपन्न परिवारहरुलाई साडी र पूजाका लागि गहुँ, नारिवल, अगरवती र चिनी लगायतका सामाग्री वितरण गरिएको वडाध्यक्ष साहले बताए ।
पूजा सामग्री वितरण कार्यक्रममा उपस्थित संविधान सभा सदस्य दिनेश साहले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गरिनु वडाध्यक्ष साहको प्रशंसनीय काम भएको बताए ।
छठ पर्व मिथिलाञ्चल क्षेत्र सहित करीब एक दशकदेखि संघीय राजधानी काठमाडौ सहित देशका पहाड तथा हिमाली क्षेत्रमा समेत मनाउन थालिएको छ । छठको तयारी स्वरुप जनकपुरधाम क्षेत्रका पवित्र सरोवर तथा पोखरीका डिल तथा घाटहरु सरसरफाई काम गर्ने शुरु भइसकेको छ ।
दुई दिनसम्म मनाइने छठ पर्व यसवर्ष कात्तिक २४ र २५ गते मनाइने भएको छ । २४ गते षष्ठी तिथिका दिन अस्ताउंदो सुर्यलाई अर्घदान दिइने छ भने २५ गते सप्तमी तिथिका दिन उदाउंदो सुर्यलाई अर्घदान दिईनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !