जनकपुरधाम । गएको जेठ महिनामा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर मृत्यु भएका बालिकाहरुको परिवारलाई प्रदेश २ सरकारले राहत उपलब्ध गराएको छ ।
पुर्व घोषणा अनुसार प्रदेश सरकारका तर्पmबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले बुधबार एक कार्यक्रमबीच राहत स्वरूप मृतकहरुको परिवारलाई प्रति परिवार एक÷एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।
गत जेठ २८ गतेका दिन मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मीपुरस्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर पाँचजना बालिकाको मृत्यु भएको थियो ।
सो पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतको १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेको १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरको १२ वर्षीया नातिनी चादनी ठाकुर र उत्तिम साह तेलीको १२ वर्षीया छोरी ललिता साह तेलीको मृत्यु भएको थियो । मन्त्री यादवको निर्वाचन क्षेत्र समेत रहेको कारण घटनाको तीन दिनपछि मृतक परिवारहरुलाई एक लाख रुपैयाको दरले राहत घोषणा गरेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !