जनकपुरधाम । दिपावली तथा छठ पर्वकाे अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले जेष्ठ नागरिकहरूलाई लता कपडा वितरण गरेकाे छ ।
दिपावलीकाे पुर्व सन्ध्यामा साेमवार वडा कार्यालयले वडाका करीब दुई सय महिला तथा पुरूषलाई लताकपडाले सम्मान गरिएकाे हाे ।

वडाध्यक्ष जानकीराम साहकाे अध्यक्षता तथा उपमेयर रीता मिश्रकाे प्रमुख आतिथ्यमा आयाेजित कार्यक्रमबाट महिलालाई साडी, पेटीकाेट, ब्लाउज र पुरूषलाई धाेती, कुर्ता तथा गमछाले सम्मान गरिएकाे जनाइएकाे छ ।

साे कार्यक्रममा पुर्ववडाध्यक्ष जीवछ साह, वडा सदस्यहरू नाजीर हुसैन, सन्ताेष सरबरिया, रामराजी देवी र शिव युवा कमिटी तथा जिराेमाईल युवा कमिटीका अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरूकाे उपस्थिति रहेकाे थियाे ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !