जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषाले महासंघका प्रदेश उपाध्यक्ष सिरहाका वरिष्ठ पत्रकार स्व. रामानन्द प्रसाद गुप्ताकाे श्रद्धाञ्जली सभा सम्पन्न गरेकाे छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा धनुषाका पत्रकारहरुले स्व. वरिष्ठ पत्रकार गुप्ता प्रति माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै स्व. गुप्ताको पत्रकारितामा लगानीका विषयमा चर्चा परिचर्चा गर्दै स्मरण गरेका थिए ।
महासंघका धनुषा अध्यक्ष मनिका झाकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा वरिष्ठ पत्रकार श्याम सुन्दर शशी, महासंघ धनुषाका निर्वतमान अध्यक्ष अनिल मिश्र, प्रेस सेन्टर नेपालका प्रदेश संयाेजक किरण कर्ण, प्रेस युनियन धनुषाका अध्यक्ष , राजन सिंह, मधेशी पत्रकार समाज धनुषाका अध्दयक्ष सुभाष कर्ण र सञ्चारिका समुहका नितु पटेलले स्व. पत्रकार गुप्ताले पत्रकारिता क्षेत्रमा गरेकाे याेगदान बारे चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
अध्यक्ष झाले शाेकाकुल परिवारलाई शाखाकाे तर्फबाट आवश्यक सहयाेग गर्ने घाेषणा गरिन ।

पत्रकार गुप्ताकाे मस्ष्क द घातले उपचारकाे क्रममा विराटनगर स्थित न्युराे अस्पतालमा गत साता ६० वर्षकाे उमेरमा असमायिक निधन भएकाे हाे ।
दशकाै देखि पत्रकारितामा क्रियाशिल वरिष्ठ पत्रकार स्व. रामानन्द प्रसाद गुप्ता सिरहामा सर्वप्रथम पत्रिका प्रकाशन गरि समाज रुपान्तरणका लागि महत्वपुर्ण पत्रकारिताका लागि परिचित छन् ।
पत्रकार गुप्ता सिरहा शाखाका संस्थापक सदस्य सभापति समेत रहिसकेका छन ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !