जनकपुरधाम । न्यायलयमा देखिएकाे बेथिती बारे सरकार नेतृत्वकाे गठबन्धनले चांडै नै साझा धारणा सार्वजनिक गर्ने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
शनिवार जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मुलुकको न्यायालयको क्षेत्रमा देखिएको समस्या बारे गठबन्धनको दलहरुले धारणा सार्वजनिक गर्ने प्रक्रियामा रहेको बताए ।

अहिले गठबन्धनको सरकार रहेकोमा गठबन्धन राम्रो सँग चलिरहेकाे छ तर न्यायालयमा देखिएको समस्याका लागि गठबन्धनका साथीहरू काठमाडाै बाहिर रहेकाेले उनीहरू आएपछि एक/दुई दिनमै बैठक बसेर एउटा साझा धारणा बनाएर सार्वजनिक गर्ने उनले बताए ।
गठबन्धन भित्र पनि विवाद रहेकाे प्रसंगमा उनले कुनै राजनितीक वा अन्य विवाद नरहेकाे दाबी गर्दै साथीहरूले आफ्नाे अधिकार र अस्तित्व खाेजेकाे हुन सक्ने अध्यक्ष प्रचण्डले भने ।
लामो समय देखि संसद विजनेशलेश रहेको प्रश्नमा अध्यक्ष दाहालले प्रतिपक्षी दलले संविधानको मर्म भावना विपरीत अनावश्यक रुपमा संसद अवरुद्ध गरेकोले अब अध्यादेशबाट भएपनि महत्वपूर्ण नागरिकता विधेयक लगायत महत्वपूर्ण विधेयकहरु अगाडी बढाउने दाहालले बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहना रहेको बताए । उनले भने, ‘नागरिकता विधेयकको लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौ । राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भएपनि जान्छौ ।’

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !