जनकपुरधाम । प्रदेश २ सञ्चार अन्तर्गतका आम सञ्चार प्राद्यिकरण, मिडिया काउन्सिल र चलचित्र लाेकसंचार प्रवर्द्धन बाेर्डका सदस्यहरूलाई नहटाउन उच्च अदालत जनकपुरले आदेश दिएकाे छ ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आफु मातहतका आम सञ्चार प्राद्यिकरण, मिडिया काउन्सिल र चलचित्र लाेकसंचार प्रवर्द्धन बाेर्डका सदस्यहरूलाई पदीय कर्तव्य पूरा नगरेकाेले किन नहटाउने भनी स्पष्टीकरण मांगेका थिए ।
मन्त्रालयद्वारा हटाउने अल्टिमेटमपछि तीनवटै संस्थाका सदस्यहरूले संयुक्त रूपमा मन्त्रालय विरूद्ध उच्च अदालतमा अन्तरिम आदेशकाे मांग गर्दै मुद्दा दर्ता गरेका थिए ।
साे मुद्दामा न्यायधिश रामेश्वर रेग्मीकाे एकल इजलाशबाट निवेदकहरूलाई पदावधि रहेसम्म पदमुक्त गर्ने निर्णय र पदीय जिम्मेवारी हस्तक्षेप कार्य नगर्नु/गराउनु विपक्षी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयकाे नाममा अन्तरिम आदेश जारी गरिएकाे छ ।
साथै निवेदकहरूकाे मांग अनुसार अन्तरिम आदेश किन जारी नहुनुपर्ने प्रमाण सहित बाटाे म्याद सहित १५ दिन भित्र मुख्य न्यायधिवक्ता कार्यालयलाई उपस्थित हुन आदेश समेत दिइएकाे छ ।

गएकाे असाेज २० गतेकाे मन्त्रीस्तरीय निर्णय भनी मन्त्री भरत साहले ती सदस्यहरूलाई हटाउन नियतवश असाेज २२ गते ७ दिने अल्टिमेटम सहित स्पष्टीकरण मांग गरेका थिए ।
मन्त्रीले मांग गरेकाे स्पष्टीकरणमाथि अदालतकाे आदेशपछि उनकाे नाैतिकतामाथि प्रश्न उठेकाे छ । किनकी सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेकाे ऐनमा मन्त्रीले सदस्यहरूलाई नियुक्त गर्न सक्ने हटाउन सक्ने वा कार्यक्षेत्रमा हस्तक्षेप गर्न सक्ने व्यवस्था छैन । यस्ताे अवस्थामा मन्त्री साहले ऐन अध्ययन नै नगरी पदबाट हटाउने गरि स्पष्टीकरण मांग गर्नुले उनकाे नाैतिकता प्रश्नचिन्ह खडा भएकाे छ ।
मन्त्रालयले गत चैत २० गतेका दिन आम सञ्चार प्राद्यिकरणमा प्रतिमा चाैधरी, अमरेन्द्र यादव, मिडिया काउन्सिलमा अर्जुन मण्डल, कैलाश दास, बन्दना झा र रिंकु गायत्री मिश्रलाई सदस्यमा नियुक्त गरेकाे थियाे ।
त्यसैगरी चलचित्र लाेकसंचार प्रवर्द्धन बाेर्डमा अशाेक दत, वैद्यनाथ राय कुर्मी र पुष्पा यादवलाई सदस्यमा नियुक्त गरिएकाे थियाे ।
मन्त्री भरत साहले साे संस्थाहरूमा आफ्ना पार्टीका मान्छे राख्न तिनीहरूलाई हटाउन खाेजेका थिए तर अदालतकाे अन्तरिम आदेशपछि तिनीहरूकाे पद जाेगिन गएकाे छ । हुनत पद जाेगिएका सदस्यहरू सतारूढ दल जसपा र कांग्रेस काेटाबाट नियुक्त भएका हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !