जनकपुरधाम, कार्तिक ६ गते । आगामी जनगणना २०७८ मा जात थर जे भएपनि वैश्य समुदायकाे व्यक्तिहरूले नामकाे अगाडि वा पछाडि वैश्य लेखाउन कुरामा वक्ताहरूले जाेड दिएका छन ।
नेपाल वैश्य युवा संघ प्रदेश २ को आयोजनामा जनकपुरधाममा आयोजित जनगणना २०७८ मा वैश्य समुदायको अवस्था विषयक विचार गोष्ठी र शुभकामना आदान प्रदान कार्यक्रमका वक्ताहरूले हाम्राे ठूलाे संख्या भएपनि जात थरकाे पछि लाग्दा रमजनितिक र अन्य निकायकाे पहुंचमा पिछडएकाे बताउंदै अबकाे जनगणनामा वैश्य अनिवार्य रूपमा उल्लेख गर्न अनुराेध गरे ।
कार्यक्रममा बाेल्ने पुर्व मन्त्री तथा सांसदहरुले देशमा ४५ लाख जति ठुलाे संख्या हाम्राे भएपनि सुडी, तेली, कलवार, रौनियार भनेर विभाजीत हुँदा वैश्य समुदाय अगाडी बढन नसकेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठले भारतमा प्रधानमन्त्री, गृहमन्त्री सवै वैश्य समुदायकै रहेकोबाट पाठ सिकेर हामीलाई एक ढिक्का हुन आवश्यकता रहेकाे कुरामा जाेड दिए ।
प्रतिनिधि सभा सांसद प्रमोद साहले वैश्य समुदाय लगानी र दान मात्र गरेर अव नहुने भन्दै अधिकार प्राप्तीका लागि निडर भएर अगाडि बढनु पर्ने र अधिकार खोसेर लिनुपर्ने बताए ।
प्रदेश सांसद दिलिप साह र परमेश्वर साहले पनि विभिन्न जातीमा विभाजती नभई अग्रपंक्तीमा रहने वैश्यका जुनसुकै प्रत्यासीलाई जहाँ पनि निर्धक्क भएर सहयोग गरे मात्र राज्यका निकायहरू र राजनितिमा सम्मानजनक उपस्थिती हुने बताए ।
अन्य वक्ताहरु वैश्य समुदायममा जातजाती बिच आ आफनैमा खुट्टा तानातान हुने गरेकाले पछाडि परिरहेको बताए । नेपाल वैश्य युवा संघका राष्ट्रिय अध्यक्ष दिलिपचन साहुले नाम र थरले मात्र वैश्यको अगुवा नहुने भन्दै वैश्यका लागि अगाडि रहेर काम गर्नेलाई मात्र वैश्य भन्नु पर्ने बताए ।
वैश्य भित्रको ३६ जातजातीका कुल ४५ लाख जनसंख्याले अगामि जनगणनामा नाम, थर र जात पछि अनिवार्य रुपमा वैश्य लेख्नुपर्ने बताउदै उनले बैश्य कलष्टर निर्माण वैश्य आयोग गठनमा सहयोग गर्न सवै दलका नेतासंग आग्रह गरेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !