जनकपुरधाम । प्रदेश २ काे अस्थायी राजधानी वाकपुरधाममा तिा दिवसीय महिला हस्तकला मेला तथा परदर्शनी हुने भएकाे छ।
शुक्रवार नेपाल हस्तकला महासंघले एक पत्रकार सम्मेलन आयाेजना गरि कातिक १२ गतेदेखि १४ गतेसम्म प्रदेशस्तरीय महिला हस्तकला मेला तथा प्रदर्शनी हुने जानकारी दिएका छन ।
कोरोनाको कारण अन्तराष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्कदै गएको समय देशभित्रै उत्पादन भएका वस्तुहरुको बजारलाई चलायमान बनाउन जनकपुरधाममा तीन दिवसीय महिला हस्तकला मेला तथा प्रदर्शनी हुने महासंघका वाणिज्यतर्फका उपाध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा जनकपुरधाम उपमहानगरपालकाको सहआयोजननामा कार्तिक १२ गते देखि १४ गतेसम्म प्रदेश स्तरीय दोस्रो महिला हस्तकला मेला तथा प्रदर्शनीको आयोजना हुने नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए ।
स्थानीय सीप, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा महिला उद्यमीहरुले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको उनले बताए ।
शुक्रबार पत्रकार सम्मेलनमा उपाध्यक्ष शाक्यले जनकपुरधामको गोपाल धर्मशालामा हुने प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमी तथा वाहिर जिल्लाका सहभागीहरु समेत रहने बताए ।
उनका अनुसार सो प्रदर्शनीमा ७० देखि ९० वटा स्टलहरु लगाइने छ भने स्टल लगाउनका लागि शुल्क लाग्ने छैन । प्रदर्शनीमा मिथिला आर्ट, माटाका भाँडा, लाहाका गरगहनाहरु, बाँसबाट बनाइएका कलात्मक सामग्री, प्राकृतिक रेसाका वस्तुहरु, चाँदीका गरगहना, फेल्टजन्य वस्तु, पश्मिना, उनी तथा सुर्तीजन्य वस्तु, हाते कागजजन्य वस्तुहरु राखिने छ ।
यस मेलाको आयोजनामा करिब २० लाख खर्च हुने उपाध्यक्ष सनमले बताए । यस मेलामा २५ हजार आगन्तुकहरु आउने अनुमान गरिएको छ ।
मेला संयाेजक एवं महासंघका सदस्य सबिता सिहकाे अध्यक्षतामा सम्पन्न साे पत्रकार सम्मेलनमा महासंघका उद्याेगतर्फका उपाध्यक्ष सनम शाक्य, सदस्य उपेन्द्र बराई र धनुषा अध्यक्ष सुरेश श्रेष्ठकाे उपसथिति रहेकाे थियाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !