जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहारको विरोधमा घटनामा संलग्न डा. सिके राउत र उनको नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुलाई कारवाहीको मांग गर्दै प्रदेश २ का इन्जिनीयरहरु आन्दोलनमा होमिएका छन ।
नेपाल ईन्जिनियर एशोसएसन प्रदेश २ का ईन्जिनियरहरु शुक्रवार विरोध जुलुश निकालेर जनमत पार्टी र जनमत पार्टीका अध्यक्ष सिके राउत बिरुद्ध चर्को नारावाजी गरेका छन । जुलुसमा सहभागी ईन्जिनियरहरुले पीडित ईन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारवाही गर, ईन्जिनियर सुरक्षाको ग्यारेण्टी गर, सिके राउतको ईन्जिनियरिंग दर्ता खारेज गर लगायतका मांग सहितको नारा लगाएका छन ।
जुलुसमा सहभागी इन्जिनीयरहरुले प्रदर्शनको क्रममा भानु चोक नजिक रहेको जनमत पार्टीको कार्यालय सामान्य ढुंगामुढा सहित सिके राउतको झुण्डयाइएको फोटोमा आगजनी समेत गरेका छन । सो जुलुश नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलालाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ वास्तोलाले राजनीतिक आवरणमा राष्ट्र सेवक कर्मचारीलाई छापामार शैलीमा गरिएको कुटपिट र अर्धनग्न गरी नगर परिक्रमा गराउने घटना अपराधिक र निन्दनीय रहेकोले घटनामा संलग्नहरुलाई कारवाही गरिने प्रतिबद्धता जनाएका थिए ।
उनले इन्जिनीयरहरुलाई दोषीलाई कुनैपनि हालतमा उम्किन दिदैनौ भन्दै घटनामा संलग्न १७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । थप अनुसन्धान गरी राज्य उपद्रवी मुद्दा चलाउने प्रतिबद्धता जनाएका थिए ।
जनमत पार्टीका कार्यकर्ताहरुले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रुपमा नगर परिक्रमा गराउनु कानूनी राज्यको उपहास भएको ठहर गर्दै घटनामा संलग्न र पार्टी नेतृत्वकर्तालाई अविलम्ब कारवाही सहितका मांग इन्जिनीयरहरुले ज्ञापन पत्रमा गरेका छन ।
पेशागत रूपमा एक ईन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले ईन्जिनिरिङ्ग पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल ईन्जिनिरिङ्ग परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल ईन्जिनियरिङ्ग परिषदसँग माग गरेका छन् ।
जनकपुरधाम वडा नम्बर ८ बलुवा टोल स्थित आफ्नो निवास जानेबाटो निर्माण नगरेको भन्दै जनमतका कार्यकर्ताहरुले जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख राजेश्वर कुशवाहाल कुटपिट सहित अर्धनग्न गरी बिहीवार नगर परिक्रमा गराएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !