जनकपुरधाम । गत दुई दिनदेखि निरन्तर भएको वर्षाको पानीले गर्दा संचालनमा नआउंदै धनुषा र सिरहा जिल्ला जोडने निर्माणाधीन कमला पुलको फेरी अर्को पिलर भांसिएको छ ।
बुधबार दिउँसो धनुषा तर्फको ३ नम्बर पिलर वर्षाले गर्दा पानी बहाव बढेपछि भासिएको जनाइएको छ । अविरल वर्षाका कारण नदीमा बढेको पानीको तेज बहावका कारण पीलर भासिएको कुरा धनुषाका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलाले बताएका छन ।
यसअघि असार १७ गतेको बाढीमा पुर्वतर्फ सिरहा जिल्लामा पर्ने पिलर भांसिएको थियो भने पछिल्लो दुई दिन निरन्तर भएको वर्षाका कारण धनुषातर्फको पिलर दुई फिट तल भांसिएको छ । दुई÷दुईवटा पिलर भांसिएपछि पुल अब आवागमनका लागि कामै नलाग्ने अवस्थामा पुगेको प्रजिअ वास्तोलाले बताए ।
पीलर भासिए खबर पाए लगत्तै हुलाकी राजमार्ग निर्देशनालयका प्राविधिक टोलि निरीक्षणका लागि कमला पुलमा पुगेको थियो । कमला नदिको सो निर्माणाधिन पुलको ९९ प्रतिशत काम सम्पन्न भई गत साउन महिनामै हस्तान्तरण गरेर संचालनमा ल्याउने तयारी थियो । तर हस्तान्तरण अगावै असार १७ गते नै पीलर भासिएपछि पुल निर्माणको गुणस्तरियतामाथी प्रश्न उठेपछि हस्तान्तरण गरिएको छैन ।
पुल निर्माणका लागि २०६८ सालमा सुरुमा पप्पु कन्स्ट्रकसनले ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो । तर, ७ वर्षसम्म पनि निर्माण सम्पन्न गर्न नसक्दा निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो ।
निर्माण सम्पन्न नहुँदै पुल भाँसिएपछि सोको पुनः निर्माण गर्ने काम निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले नै गर्ने जिम्मा दिइएको छ । पहिलो पटक पिलर भांसिएपछि निर्माणको गुणस्तरीयतामा प्रश्न उठदा गुणस्तर मापनका लागि समिति समेत गठन गरिएको थियो । तर सो समितिले प्रतिवेदन नबुझाउंदै अर्को पिलर भांसिन गएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !