जनकपुरधाम । खोलाको भत्केको पुल तर्न गएका सप्तरीमा एक युवक वेपता भएको छ ।
बुधबार दिउंसो करीब ३ बजेको समयमा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका १४ बैरिया घाट स्थित जिता खोलाको भत्केको पुल तर्न खोज्दा पानीमा बगेर सोही नगरपालिकाका ९ का २३ वर्षीय लालु कुमार मण्डल वेपता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार तिलाठीबाट रामपुरमल्हनिया तर्फ पैदल गइरहेको हनुमानगर कंकालनि ९ का २३ वर्षीय लालु मण्डल र २८ वर्षीय संजिव कुमार मण्डल तर्न खोज्दा संजिव तर्न सफल भएको तर लालु वेपता भएको हो ।
वेपता भएका लालुको खोजी प्रहरीले तिव्र रुपमा गरिरहेको उनले जनाए । गत दुई दिनदेखि भएको अबिरल वर्षाको कारण पानीको बहाव बढदा खोलाको जिर्ण रहेको पुल भत्किन गएको हो ।
त्यस्तै वर्षाको कारण जिल्लामा ४ जनाको घर भत्केको छ भने मलहनियामा दलित वस्तीमा पानी पस्दा १५÷२० वटा घर प्रभावित भएको छ । त्यस्तै मंगलबार साँझ करिब ७ बजे सप्तकोशी नगरपालिका वडा नं. ९ स्थित रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट गाई बस्तुहरु चराएर ल्याउने क्रममा पौडा खोलामा ८ वटा गाई, बाछा तथा वाछीलाई खोलाले बगाएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !