जनकपुरधाम । बोक्सी भनी मलमुत्र खुवाएको आरोपमा महोत्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्लाको जलेश्वर नगरपालिका ४ सुगा निवासी शम्भु महतोको श्रीमति ४२ वर्षिय सुकमरिया देवीलाई बोक्सी आरोपमा मुलमुत्र खुवाई कपाल काटिदिएको आरोपमा प्रहरीले स्थानीय सिकिन्दर महतो, अनिल महतो,प्रमिला देवी र पुरनी देवीले निजलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ ।
गएको बुधवार बिहान करीब ३ बजेको समयमा घुमफिर गरिरहेका सुकमरिया देवीलाई बोक्सी आरोप लगाउँदै समातेर मलमुत्र खुवाएको र कपाल समेत काटि दिएको उजुरी परेको आधारमा आरोपितहरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक दिनेश आचार्यले बताए ।
उनले भने निज आरोपहरुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए कानून बमोजिम कारवाही गरिनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !