जनकपुरधाम । प्रदेश २ मा लोकसेवा आयोगलाई गाली गलौज गर्ने एक उम्मेदवारलाई कारवाही गरिएको छ ।
आयोगले प्रमाणपत्र अपुग रहेको जवाफ मांग्दा महोत्तरीको एकडारा गाउँपालिका बथनाहा बस्ने बच्चनदेव झाका छोरा प्रनित कुमार झाले जवाफ दिनुका सट्टा गाली गलौज गर्दा एक वर्ष परीक्षा दिन नपाउने गरी कालोसूचिमा राखेर कारबाही गरेको हो ।
कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापनमा प्रनितले पनि दरखास्त दिएका थिए । दरखास्तमा केही कागज अपुग भएपछि आयोगले इमेल मार्फत जवाफ मांग्दा उनले अपशब्द गालीगलोज गरेर आयोगलाई इमेलमा पठाउंदा उनलाई आयोगको कुनैपनि लिखित परीक्षामा एक वर्ष सहभागी नगराउने सहितका कारबाही गरिएको आयोगले एक सूचना प्रकाशित गरी जनाएको छ ।

आयोगले गरेको सूचना प्रकाशनमा भनिएको छ भदौ १४ गते तपसिलका उम्मेदवारलाई उम्मेदवारलाई सोधपुछ गर्दा गाली गलौज गरी अमर्यादित कार्य गरेको हुँदा निज उम्मेदवारलाई आयोगको कुनैपनि लिखित परीक्षामा एक वर्षका लागि समावेश नगराउने गरी कालोसूचीमा राख्ने असोज ६ गते निर्णय गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !