जनकपुरधाम । मोटरसाइकल दुर्घटनामा धनुषामा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको सबैलामा शनिवार तीनजना सवार मोटरसाइकल अनियन्त्रित हुँदा दुई जनाको मृत्यू भएको छ भने एक घाइते भएका छन् ।
तिव्रगतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा रुखमा ठोक्किएर गणेशमान चारनाथ नगरपालिका– १ का २७ वर्षीय दीपलाल महरा र सोही ठाउँका २१ वर्षीय हरिचन महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका लालबाबु पासवानको उपचार जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !