जनकपुरधाम । देशभरमा पछिल्लो २४ घण्टामा २७२ जनामा कोभिड संक्रमित देखिएको छ।
चार हजार ७१२ जनाको नमूना परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ।
आज मात्रै ७७७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा निको हुने दर ९६.९ प्रतिशत रहेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ पुगेको छ।
त्यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !