जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बाेका बलिप्रदान सम्पन्न भएकाे छ ।
राति ८ बजेर ५ मिनेटदेखि बिहान ३:३८ सम्म भएकाे बलिप्रदान कार्यक्रममा १४ हजार २ सय ९१ बोकाको बलि दिइएको छ ।
निशा पूजा सम्पन्न भएलगत्तै बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो भने प्रत्येक ठेहामा१० जनाको समूहमा स्वयंसेवक परिचालित गरि प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको कमिटीका अध्यक्ष बलराम साहले जनाएकाे छ ।

उनका अनुसार थियो । बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो ।
गत बर्ष कोरोना महामारीका कारण राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोकाको बलि दिइएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !