जनकपुरधाम । जनकपुरधाम स्थित राजदेवी मन्दिरमा दर्शन तथा पुजापाठका लागि सर्वसाधारणकाे प्रवेशमा विभिन्न नियम कानुन बनाएर सास्ती भाेगाइयाे तर उपमहानगरपालिकाका लागि ती नियम कानुनकाे धज्जी उडाइदै मस्ती गराइयाे ।
राम मन्दिरसंगै टांसिएका राजदेवी मन्दिरमा ढाट लगाएर सवारी साधन निषेध गराइयाे तर नगरप्रमुख लालकिशाेर साहलाई मनाेरञ्जनात्क कार्यक्रम हेराउन पुजा व्यवस्थापक महावीर युवा कमिटीले नियम कानुनकाे धज्जी उडाउंदै ढाट मन्दिरकाे मुलद्वारसम्म गाडी लगियाे ।
मन्दिरलाई व्यवस्थित पार्नका लागि धनुषा प्रहरीले सुरक्षाकर्मी खटाएको छ । साँझ मन्दिर वरिपरि भीडभाड हुने गरेकाले सवारी साधानलाई समेत धनुषा ट्राफिक प्रहरीले दशैँ अवधी भरका लागि रोक लगाउँदै आईरहेको छ ।

चार पांग्रे, २ पांग्रे सवारी साधानलाई आवत जावतमा त्यस क्षेत्रमा समेत रोक लगाइएको हो । तर जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आफ्नो पदको दुरुपयोग गरेर बलजफ्ती गरि ढाट हटाउन लगाएर गाडी लग्दै आएका छन् ।
सर्वसाधारणका लागि रोक लगाइएको सो बाटो नगर प्रमुख साहले आफ्नो पदको दुरुपयोग गर्दै ४ पांग्रे गाडी सहित प्रयोग गर्दै आई रहेका छन् । प्रहरीले भीडभाड र ट्राफिक व्यवस्थापनका लागी खटिरहँदा पनि नगर प्रमुखले आफ्नो दादा गिरी शैली अपनाएर बाटोबाट घेरा हटाउन लगाए ।
स्थानीय भन्छन् यतिको भीडभाड व्यवस्थापन गर्न प्रहरी परिचालन गरिए पनि नगर प्रमुखले जवजस्ती गाडीलाई भीडभाडमा लैजानु कति उचित हो ? समान्य मानिस पनि हेर्दा आफै गाडीलाई साइड लगाइदिन्छ । तर नगर प्रमुख ले कमिटी पदाधिकारीकाे सहयाेगमा गाडी पदिय दुरूपयाेग गरिएकाे स्थानीयकाे आराेप छ ।

यति मात्र हाेइन कमिटी पदाधिकारीले मनपर्दी गर्दै प्रत्येक दिन मुल ढाेका बन्द गरि पछाडि द्वारबाट जान लगाएकाे छ ।
जबकि मन्दिरकाे मुलद्वारमा पुरूष र महिला गरि दुईवटा लाईन बनाएर थियाे । पुरूष दर्शनार्थीलाई घण्टै लाईनमा लगाएर मुलगेटमा पुग्दा यहांबाट हाेईन पछाडि गेटबाट जान बाध्य बनाइयाे भने केही कथित भिआईपीलाई साेही गेटबाट आदरसहित माताकाे पिढीसम्म पुरयाइएकाे देखियाे ।
कमिटी स्वय सेवक र पदाधिकारीसंग कयाै पुरूष दर्शनार्थीसंग दिनहु विवाद समेत भएकाे देखियाे । तिनीहरूले पुजा व्यवस्थापनकाे नाममा कमिटीले मन्दिर कब्जा गर्न खाेजेकाे आराेप लगाएका छन ।
स्मरणीय के छ भने मन्दिर भित्रका धर्मशालाका लागि बनाईएकाे काेठा समेत पुजा व्यवस्थापनकाे नाममा कमिटीले वर्षाैदेखि कब्जा जमाएर अफिस संचालन गर्दै आएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !