जनकपुरधाम । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था कार्यालय जनकपुरका कारवाही प्रक्रिया दुईजना कर्मचारीमलाई अघि बढाएकाे छ ।
केही व्यक्तिकाे अनलाईन फाराम एडिट गरेकाे आराेपमा मन्त्रालयले यातायात कार्यालय जनकपुरमा कार्यरत करारका कर्मचारीद्वय भीष्म नारायण साह र दिलीप साहलाई कारवाही गर्न यातायात व्यवस्था कार्यालयलाई पत्र पठाएका छन ।
गत असोज १९ गते मंगलबार साँझ उनीहरु दुबैजनाकाे आइडीबाट केही व्यक्तिहरुको अनलाइन फाराम एडिट भएकोले आवश्यक कारवाही गर्न कार्यालयलाई पत्राचार गरेकाे छ ।

साे पत्रमा उनीहरु दुवैजनालाई त्यहाँबाट आवश्यक कारवाही गरी मन्त्रालयलाई जानकारी गराउन भनिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक कुमार दासले जानकारी दिए ।
उनीहरु दुवैजना करारका कर्मचारी रहेकोले मन्त्रालयले कारवाही गर्न नमिल्ने जनाउँदै यातायात कार्यालयलाई नै कारवाही गरेर पठाउन भनिएको सचिव दासले बताए ।
भीष्म नारायण साह र दिलिप साहको आइडीबाट केही व्यक्तिहरुको फाराम एडिट गरिएको कुरा यातायात व्यवस्था विभागमार्फत नै आफूहरुलाई जानकारी भएको उनले बताए ।
यस सम्बन्धमा यातायात कार्यालय जनकपुरका निमित्त प्रमुख वीरेन्द्र साहले कार्यालयसँग मन्त्रालयले कर्मचारीद्वय भीष्म नारायण साह र दिलीपलाई कारवाही गर्न पत्र आएकाेले उनीहरुमाथि आवश्यक छानविन अघि बढाइ सकिएकाे जानकारी दिए ।
उनले दाेषी ठहर भए निजामती सेवा ऐनको नियम कानून अनुसार दुबैजनामाथि कारवाही गर्ने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !