जनकपुरधाम । वीरगञ्जपछि अब काठमाडाैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताहरूले पार्टी कार्यालय घेराउ गर्दै आफ्नै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन् ।
पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा जसपा पर्सा जिल्लाका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित पार्टी कार्यालयमा प्रदर्शन गरेको छ ।
जसपाबाट चारजना मन्त्री बनाएकाेमा पर्साबाट कसैलाई मन्त्री नबनाएको भन्दै पर्सामा लगातार प्रदर्शन र पुतला जलाउने कार्य गर्दै आएका कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमै पुगेर प्रदर्शन गरेका हुन् ।

जसपामा पर्साकाे वीरगञ्जका सांसद प्रदीप यादवका समर्थक पार्टी कार्यकर्ताहरूले आफ्नाे सांसदलाई मन्त्री नबनाएको भन्दै आक्रोशित हुँदै निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
जसपाले वर्तमान सरकारमा पठाएको मन्त्री समावेशी नभएको भन्दै पार्टीभित्र तीब्र असन्तुष्टि पाेख्दै उनीहरुले अध्यक्ष यादवको राजीनामा माग समेत गरेको छ ।
प्रदीप यादवको असन्तुष्टि सडकमै देखिएको छ भने प्रमोद साह, मृगेन्द्रकुमार सिंह यादव, इस्तियाक राइ, अमृता अग्रहरीलगायतका नेताहरुले आन्तरिक रुपमा पार्टीभित्र असन्तुष्टि पोखेका छन् ।
त्यसमध्ये कतिपय नेताले समाजिक सञ्जालमार्फत पनि आफ्ना विरोध जनाइ रहेका छन् । जसपाले राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई मन्त्रीमा पठाइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !