लहान । प्रहरीले सिरहाबाट लागू औषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ लकडीगोठका १९ वर्षिय विमलेश कर्ण, वर्ष २६ का वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने वर्ष १९ का निकित कुमार रहेको छ ।
सिरहा नगरपालिका १५ बुधौरास्थित खिरौना प्रहरी चौकी र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
सवारी चेकजाँचको क्रममा पक्राउ परेकाहरुले प्रयोग गरेको बीआर ३२ एजी ५५११ भारतीय नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा अबैध लागुऔषध नाइट्रोभेट १० पत्ता (३०० ट्याव्लेट) र केही नगद रुपैयाफेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !