जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ अन्तर्गत मधेश प्रदेश समितिका अध्यक्ष विजय यादव र मुख्य सचिव शम्भु झाले राजनीनामा दिएका छन ।
पार्टीको एक व्यक्ति एक पद अवधारणा अन्तर्गत प्रदेश समितिको समायोजन हुनु अगावै अध्यक्ष यादव र मुख्य सचिव झाले पार्टीको आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन ।
अध्यक्ष यादवले करीब एक साताअघि नै पार्टी केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा पत्र बुझाइसकेका छन भने मुख्य सचिव झाले आज सामाजिक सञ्जाल फेसबूकमा पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन ।
केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको आतिथ्यमा प्रदेश समितिको आइतवार बस्ने बैठकबाट समायोजन गरिने भएको छ । त्यसका लागि केन्द्रिय अध्यक्ष यादव समेत जनकपुरधाम आइपुगेका छन । राजीनामा सम्बन्धमा प्रदेश समिति अध्यक्ष यादवले भने आफू करीब एक साताअघि नै राजीनामा पत्र केन्द्रिय अध्यक्षज्यूजीलाई बुझाई सकेको छ । तर के कति कारणले राजीनामा दिएको बारे खुलाउनु भएन ।

यता मुख्य सचिव झाले पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु भनी घोषणा गरेका छन । उनले सामाजिक सञ्जालमा लेखेका छन– ‘म जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिना देखि काम गरे।मेरो योग्यता र क्षमता भन्दा ठुलो पद मैले पाएँ । म आफ्नो कार्यकालका प्रदेश अध्यक्ष आदररणीय रेणु यादव र आदरणीय विजय यादव प्रति सदैव ऋृणी रहिरहने छु ।
म बाचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा जाँदिन । यस पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मिति देखि म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको कुरा आदरणीय राष्ट्रीय अध्यक्ष तथा प्रदेश अध्यक्ष लाई यसै मार्फत जानकारी गराऊन चाहन्छु ।’
समायोजन हुन लागेको समितिमा अध्यक्ष र मुख्य सचिव दुवैले आफूलाई सोही पदमा निरन्तरता दिन राखेको मांग केन्द्रिय अध्यक्ष सहमत नभएपछि राजनीमा दिएको भन्ने कुरा बुझिएको छ ।
पार्टीका एक प्रदेश समिति सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने पछिल्लो पटक प्रदेश समितिको बसेको बैठकमा एक व्यक्ति एक पद अवधारणा लागू गर्न समायोजन गर्नुपर्ने कुरा आएपछि, सो समायोजन प्रक्रिया अघि बढाउंदा उहाँहरु पदीय निरन्तरता दिनुपर्ने मांग गर्दै आएका थिए ।
केन्द्रिय अध्यक्षसँग उहाँहरुको पटक पटकको भेटघाटमा कुरा नमिलेपछि बार्गेनिङ्गका लागि राजनीनामा दिएकाे ती पार्टी श्राेतका दाबी हाे ।
प्रदेश अध्यक्ष यादव प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी र केन्द्रिय कार्यकारिणी सदस्य समेत हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !