जनकपुधाम । सांसदले दशैं भता लिन नहुने आवाज उठन थालेपछि संघीय संसद् सचिवालयले यसपटक सांसदलाई दशैं भत्ता दिएकाे छन ।
संसद् सचिवालयले मंगलवार दशैं भत्ताविनै असोज असोज महिनाको तलब सांसदको खातामा पठाएको छ ।
संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्त सिग्देलले यसपटक सांसदलाई दशैं भत्ता नपठाइएको जानकारी दिए । ‘माननीय सदस्य र पीएको असोज महिनाको तलब आज खातामा पठाएका छौं, तर दशैं भत्ता राखिएको छैन,’ सिग्देलले भने ।

मन्त्रिपरिषदबाट निर्णय पनि नभएको र अर्थ मन्त्रालयबाट बजेट पनि नआएकाले असोज महिनाको तलब मात्र सांसदको खातामा पठाएको उनले भने।
संसद् सचिवालयले असोज महिनाको तलबबापत सांसदलाई समग्रमा २ करोड ९८ लाख ४६ हजार र सांसदका पीएलाई १ करोड ४३ लाख ७४ हजार निकासा गरेको छ । बैठक भत्ता र यातायात खर्चबाहेक सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँदै आएका छन ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा पछिल्लो दुई वर्ष मन्त्री बनेका बाहेक प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३१० सांसद र तीनका पीएलाई दशैं भत्ता वितरण गरिएको थियो । २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सांसदलाई पहिलोपटक दशैं भत्ता बाँडिएको थियो ।
केन्द्रको सिको गर्दै प्रदेश सभाले पनि सांसदहरूलाई दशैं भत्ता बाँड्न शुरू गरेको थियो । मन्त्रिपरिषद्को ‘गोप्य’ पत्रका आधारमा सांसदलाई २०७६ सालदेखि दशैं भत्ता बाँडिएको समाचार लोकान्तरले पहिलोपटक २०७६ असोज १३ गते खुलासा गरेको थियो ।
मन्त्रिपरिषद्को अघिल्लो वर्षको निर्णयका आधारमा २०७७ सालमा पनि दशैं भत्ता बाँडिएको समाचार प्रकाशनले चौतर्फी विरोध भएको थियो ।
‘कोरोना महामारीमा जनता भोकभोकै सडकमा सांसदलाई दशैं भत्ता’ शीर्षकमा समाचार खुलासा भएपछि उत्पन्न दबाब र विरोध थाम्न नसकेर सांसदहरूले भत्ता फिर्ता गरेका थिए । तत्कालीन नेकपा, नेपाली कांग्रेस, जसपा लगायतका पार्टीले संसदीय दलमा निर्णय गराएरै संस्थागत रूपमा दशैं भत्ता फिर्ता गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पनि दशैं भत्ता फिर्ता गरेर कोरोना कोषमा जम्मा गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !