जनकपुरधाम, असोज १५ गते । सरकारले भारतीय सीमानाका खोल्ने गरेको निर्णय १० दिनपछि कार्यान्वयनमा आएपछि आजदेखि खुल्ला गरिएको छ । नेपाली नागरिकको समस्या यथावतै रहेको छ ।
नेपाल सरकारले सीमानाका खोल्ने निर्णय कार्यान्वयनमा ल्याएपछि प्रदेश २ का विभिन्न नाकाहरुबाट सयौं भारतीय गाडी नेपाल भित्रिएका छन । तर नेपालबाट भारततर्फ जाने गाडी त के पैदल जान पनि सास्ती नै छ ।
भारत सरकारले नाका नखोलेको कारण धनुषा, महोत्तरी, सर्लाही सहित प्रदेश कुनैपनि जिल्लाको सीमानाकाबाट नेपाली नागरिकलाई सवारी साधन वा पैदल जान दिइरहेको छैन । नेपाली नागरिक पहिला झै नाका छेउछाउका खेती चौरीबाट नै आवत जावत गर्न बाध्य छन ।
सीमानाका सँग जोडिएका क्षेत्रहरुबाट दैनिक हजारौ नेपाली नागरिक बजार गर्न भारततर्फ आवात जावत गर्ने गर्छन । तिनीहरु खेत र हिलो तर्दै सामान किनमेल गर्न पारीबाट आवात जावत गर्दै आएका छन ।
धनुषा नगराईन निवासी विवेक झाले भने नेपाल सरकारले त भारतीय गाडीको प्रवेशमा खुल्ला गरेका छन । तर भारतीय पक्षले खुल्ला नगरेको कारण नाका छेउका चौरबाट आवात जावत गर्नु परिरहेको दुखेसो सुनाए ।
त्यस्तै महोत्तरीको जलेश्वर निवासी धिरज साहले पनि नेपाल सरकारले मात्रै सीमानाका खोलेर नेपाली नागरिक के फाइदा आफूहरु किनमेल गर्न गाडीबाट त के पैदल पनि हिजो जस्तै नाका छेउको खेत भएर हिलो तर्दै आवात गर्नु परिहेको छ । सीमानाका खोलिएपनि नेपालबाट भारततर्फ गराउने जानेहरु पनि नेपाली गाडी नेपालमै छोडेर पैदल हिंडेर उताबाट भारतीय गाडीबाट जानु परेको अवस्था देखिएको साहले बताए ।
भारतीयका लागि जसरी सीमानाका खोलिएको त्यसरी नेपाली नागरिकको आवात जावतका लागि नाका खोलाउन नेपाल सरकारले पहल गर्नुपर्ने स्थानीय बुद्धिजीवी नागरिक समाज तथा राजनीतिक दलका प्रतिनिधिहरुले मांग गरेका छन ।
नागरिकका समाजका अगुवा अमरचन्द्र अनिलले नेपाल सरकारले भारतीय पक्षका लागि सीमानाका खोल्नु राम्रो कुरा हो तर यसले मात्रै नेपाली नागरिकको समस्या हुने छैन । सरकारले यहाँका नागरिकका लागि भारतीय नाका खोलाउन पहल गर्नु परयो । यदि यस्तो गरिएन भने नाका खोल्नुको कुनै औचित्य छैन ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्यले परमेश्वर साहले नेपाल सरकारले सीमानाका खोलेपनि यहाँका नागरिकलाई किनमेल र उपचार गर्न पहिला जस्तै खेत चौरबाटै जाने अवस्था छ ।
भारतीय नागरिकको लागि नेपाली सीमा क्षेत्रको बजार छैन तर सीमा नजिक बसेका यहाँका नागरिकको लागि भारतीय बजार नै छ, प्रदेश २ मात्रै दिनहुँ हजारौको संख्यामा भारतीय बजार किनमेल गर्न जान्छन । नेपालले सीमा खोलेपनि खासै असर परेको छैन पहिला पनि मालसामान ढुवानी हुन थियो नै अहिले पनि हुन्छ ।
भारतीय गाडी र नागरिकलाई नेपाल प्रवेशका लागि नाका खोलिएपनि नेपाली नागरिकका लागि अहिले पनि भारतीय नाका बन्द नै छन, तिनीहरु नाकाको छेउछाउ खेत चौरबाट आवात जावत गर्न बाध्य छन भन्ने प्रसंगमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले भने त्यो हाम्रो क्षमता भन्दा बाहिरको कुरा हो ।
उनले भने नेपाल सरकारको निर्णय अनुसार हामीले भारतीय गाडी र नागरिकलाई प्रवेश गर्न दिएका छौं तर नेपालीलाई भारततिर जाने समस्या दुई देशका सरकारको कुरा हो । दुवै देशका सरकारले छलफल गरेर नेपाली नागरिकका लागि भारतीय नाका खुल्ला गर्नु परयो ।
त्यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नेपाली नागरिकलाई भारतीय नाकामा लगाइएको रोक बारे त सरकार स्तरमा कुरा हुनुपर्छ । नेपाल सरकारले त्यसका लागि भारतीय पक्षसंग कुरा गर्नु परयो, हामी कर्मचारीले सम्भव छैन ।
शुक्रवारदेखि खुल्ला गरिएको सीमानाकाको क्रममा प्रदेश २ का महोत्तरी बाहेक ७ वटै जिल्लामा आजबाट निगेटिभ रिपोर्ट र खोप लिएको कोभिड विरुद्धको स्वास्थ्य मापदण्ड अपनाएर पैदल यात्रुका साथै मालवाहक र यात्रुवाहक सवारी साधनलाई भन्सार कटाएर प्रवेश गरेका छ । महोत्तरीले भने आइतवारदेखि खुल्ला गर्ने निर्णय गरेको छ ।
कोभिडको जोखिमलाई दृष्टिगत गर्दै गत २०७६ साल चैत १० गतेदेखि भारतीय गाडीको नेपाल प्रवेशमा रोक लगाइएको निकै दबावपछि पहिलो चरणमा गत माघ महिनादेखि १३ वटा नाका खोलिएको थियो भने पछिल्लो पटक असोज ५ गते मन्त्रिपरिषदको बैठकबाट भारतसँग जोडिएका सबै सीमानाका खोल्ने निर्णय गरिएको थियो । साभार : ईकागज

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !