जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ काे संसदीय दलको नेतामा जितेन्द्र सोनल पुनः निर्वाचित भएका छन ।
साेमवार राति लाेसपा संसदीय दलकाे बसेकाे बैठकमा सर्वसम्मतको प्रयास हुन नसकेपछि पार्टी शिर्ष नेतृत्वको उपस्थितिमा अबेर राती भएको मतदान प्रक्रियाबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन् ।
पार्टीकाे१६ जना प्रदेश सभा सदस्य रहेकाेमा सोनलले ९ मत ल्याई निर्वाचित भए भने प्रतिद्वन्दी उपेन्द्र महताेले मात्र ६ मत ल्याएका थिए । एक मत बदर भएको थियो ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ सरकारमा सहभागी भएकाे बेलासम्म संसदीय दलको नेता सोनल नै थिए । त्याे बेला उनी सर्वसम्मतले चयन भएका थिए ।
सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट छुट्टिएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन भएपछि पुनः दलकाे नेता चयन प्रक्रिया अपनाइएकाे हाे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !