जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संवैधानिक त्रुटिका कारण राजनीतिक अस्थिरता कायम रहेको बताएका छन ।
मिथिलाञ्चलमा मनाइने जितिया पर्वको पुर्व सन्ध्यामा आयोजित जितियाका महत्व विषयक चर्चा एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने संविधानको धारा ७६ को स्पष्ट व्याख्या नभएको कारण राजनीतिक अस्थिरता कायम रहेको छ ।
उनले भने ‘संविधानको धारा ७६ मा स्पष्ट व्याख्या भएको भए अहिले जुन राजनीतिक अस्थिरता उत्पन्न भएको त्यो हुने थिएन । हामीहरुले पटक पटक संविधान संशोधनको मांग गरेपनि राज्यको विभेद नीतिको कारण समस्या समाधान हुन सकेको छैन ।
देशमा कायम रहेको राजनीतिक अस्थितरता र मधेशको संवैधानिक सहितका समस्या संविधान संशोधन मार्फत समाधान गर्न गणतन्त्र यताका सबै प्रधानमन्त्रीलाई मांग गर्दा उनीहरुले त्रुटि सच्याउने प्रतिबद्धता पटक पटक प्रतिबद्धता जनाएपनि बेइमान नियतका कारण कार्यान्वयनमा ल्याउन सकेको छैन ।
अहिलेपनि मधेशी जनतामाथी शासक वर्गले विभेद कायम राखेको बताउंदै अध्यक्ष ठाकुरले यो विभेदको अन्त्य नभएसम्म लोसपाको संघर्ष जारी रहनेछ बताए । हजारौ नेपाली नागरिकको हत्या गरी सशस्त्र संघर्ष मार्फत माओवादी सत्तामा पुगेर प्रधानमन्त्री र मन्त्रीसम्म बनिसके तर तिनीहरुमाथि कुनै मुद्दा वा कारवाही भएन । अधिकारका लागि लडने निमुखा दर्जनौ मधेशी जनतामाथि झुठा मुद्दाहरु लगाएर विभेद गरेको आरोप उनले लगाए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !