जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका शिक्षकहरुको आन्दोलन जारी रहेकै क्रममा विद्यार्थीहरु समेत आन्दोलित भएका छन । भौतिक उपस्थितिमा कक्षा संचालन गर्नुपर्ने मांग गर्दै सो विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका हुन ।
व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधी संकाय र मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतका डिनको कार्यालयमाहरुमा तालाबन्दी उनीहरुले स्थानीय रामानन्द चोकमा चक्काजाम गरेका छन् । देशभरका शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितीमै कक्षा सञ्चालन सुरु भईसकेको अवस्थामा अनलाईन कक्षा संचालन मार्फत कोर्ष बाहेकको कुरा पढाएर टाइम पास गरिरहेको विद्यार्थीहरुले आरोप लगाएका छन ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक भरत झा, कार्यवाहक क्याम्पस प्रमुख विनोद कुमार कर्ण र रजिष्ट्रार महेन्द्रप्रसाद यादवले अनलाइन कक्षा सञ्चालनको नाममा कार्यरत शिक्षकहरुलाई बसाएर भ्रष्टाचार गर्ने उद्देश्यले अयोग्य शिक्षकहरुबाट अध्यापन गराई रहेको आरोप विद्यालयमा अध्ययन विद्यार्थी श्रीराम साहले लगाएका छन ।
उनले भने पूर्वाञ्चल विश्वविद्यालय, त्रिभूवन विश्वविद्यालय, राराब क्याम्पस लगायतका शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितीमै कक्षा सञ्चालन भईरहेको छ तर राजर्षि जनक विश्वविद्यालयले आफूसँग शिक्षक हुँदाहुँदै बाहिरबाट शिक्षक आयात गरी कोर्षको तयारी नगराई अनलाईन शिक्षाको नाममा कोर्ष बाहिरको कुरा अध्यापन गराई रहेको छ ।
साहले भने हामीलाई अध्यापन गराउने शिक्षकहरु धर्नामा छन् । उनीहरुलाई बाइकट गरेर आन्दोलनलाई कुनै वास्तै नगरी बाहिरका अन्य शिक्षकहरुसँग कोर्ष बाहिरका विषयवस्तु पढाउनु हामीलाई मान्य छैन् । जबसम्म भौतिक विश्वविद्यालयका शिक्षकबाट अध्यापन शुरु गराउंदैन तबसम्म हामीहरुको आन्दोलन जारी रहनेछ ।
उता, कोर्ष कन्ट्रयाक्टमा कार्यरत शिक्षकहरु करार नियुक्तिको माग गर्दै विश्वविद्यालयका ३५ जना शिक्षकहरु गत ३३ दिनदेखि आन्दोलनमा आन्दोलनमा छन । आन्दोलनरत शिक्षकहरु हालसम्म विश्वविद्यालयको मुख्यगेट अगाडि धर्नामा बस्दै आएका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !