जनकपुरधाम । कुरूप भनी निर्ममतापुर्वक कुटपिट गरी फालिएका नवजात एक शिशुकाे प्रादेशिक अस्पताल जनकपुरधामले गत २० दिनदेखि हेरचाह गर्दै आएकाे छ ।
करिव २० दिनअघि धनुषाको मिथिलाबिहारी नगरपालिका २ पुरनदाहा टोलस्थित परशुराम तलाउ नजिक पुलमुनि बेवारिसे अवस्थामा फालिएकाे ५ दिने नवजात शिशु बालिकालाई प्रहरीले फेला परेकाे थियाे ।
बच्चा फालिएकाे खबर पाउनासाथ घटनास्थलमा पुगेर कपडामा बेरिएर फालिएकाे शिशुलाई उद्धार गर्दा शिशु जिउँदो रहेकोले थप उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गराएकाे इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।
प्रादेशिक अस्पतालका मेसु डा.प्रमोद कुमार यादवले हस्पिटल ल्याउँदा बेहोश अवस्थामा रहेको र उनको गालामा छाला नरहेको तथा रगतका छिंटा देखिए गत २० दिनदेखि उपचार भईरहेका जानकारी दिए ।
उनले शिशु हेर्नमा कुरूप रहेकाे कारण जन्म दिनेले शिशुलाई मार्ने उद्देश्यले कुटेर फालेको हुन सक्ने बताए । शिशुकाे अवस्था बारे जानकारी दिदै उनले भने शिशु होश अवस्थामा आएपनि गालाका छाला काटिएकाे सर्जरी गर्नुपर्छ र अहिले दुधसमेत खान थालेको छ । शिशुकाे आफ्नै निगरानीमा उपचार प्रदान गरिरहेको छु ।
शिशुको आफन्त अहिलेसम्म फेला नपरेको कारण शिशु पूर्णरुपमा स्वस्थ्य भएपछि स्थानीय प्रशासनको समन्वयमा अनाथ आश्रमको जिम्मा लगाइने मेसु डा. यादवले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !