जनकपुरधाम । धनुषा प्रहरीले एक ६० वर्षिय वृद्ध पल्टु मण्डललाई १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ५ पर्वता निवासी एक वृद्ध रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय धनुषाधामका ईन्चार्ज सुरेश ठाकुरले ती बृद्धले बालिकालाई पैसाको लोभ देखाएर बलात्कार गरेको आरोप लगाइएको रहेको बताएका छन ।
उनका अनुसार केहि दिन पहिले एक बालिका बलात्कार घटनाको प्रारम्भिक अनुसन्धानमा पर्वताका पल्टु मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा बलात्कार गरेको खुलेको हो ।
स्थानीयको उजुरीको आधारमा सोमबार राती नै ती वृद्धलाई घरबाटै र नियन्त्रणमा राखि अनुसन्धान जारी राख्दै उनीमाथि जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाईएको इन्चार्ज ठाकुरले बताए ।
यता पिडित बालिकालाई मेडिकलको लागि प्रादेशिक अस्पताल लगेपनि हालसम्म स्वास्थ्य परिक्षण हुन नसकेको पिडित परिवारजनले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !