Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेयरकाे कारण जनकपुर उपमहानगरकाे आर्थिक काराेबार महिनाैदेखि ठप्प


मेयरकाे कारण जनकपुर उपमहानगरकाे आर्थिक काराेबार महिनाैदेखि ठप्प

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार गत तीन महिनादेखि ठप्प रहेको छ । नयाँ खाता संचालन हुन नसक्दा आर्थिक ठप्प हुन गएको हो ।

उपमहानगरपालिकाका वडाध्यक्षहरुले मेयर लालकिशोर साहले पछिल्लो परिषदको फाइल क्लोज नगरेको अहिलेसम्म नयाँ खाता संचालन हुन नसक्दा आर्थिक कारोबार ठप्प हुन गएको आरोप लगाएका छन ।

ईकागजमा प्रकाशित समाचार अनुसार वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले पछिल्लो परिषदको निर्णय सहितको फाइल क्लोज गरेर नेटमा हाल्न नसकेको कारण नयाँ खाता हुन नसकेको भने ।

उनले भने परिषदको निर्णय सहितको फाइल परिषद सम्पन्नको १५ भित्रै गर्नुपर्ने कानूनी प्रावधान छ तर मेयर साहले आफ्नो योजनाहरु हालसम्म छनौट गर्न नसकेको कारण फाइल क्लोज गरेको छैन । नयाँ खाता संचालन हुन नसक्दा उपमहानगपालिका र वडाका आर्थिक कारोबार गत तीन महिनादेखि ठप्प रहेको उनले बताए ।

त्यस्तै वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्णले भने मैले बुझेसम्म आफूहरुले परिषदमा आफ्नो योजना राखिसकेपनि मेयर साह र उपमेयर रीता मिश्रले आफ्ना योजनाहरु रकम सहित छनौट गर्न नसकेको कारण फाइल क्लोज गर्नमा ढिलाई भइरहेको छ ।

वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पनि मेयर साहकै कारण आर्थिक कारोबार ठप्प रहेको आरोप लगाए । उनले भने पछिल्लो परिषदको फाइल क्लोज गरेर नेटमा हाल्ने र त्यहाँबाट स्वीकृति पश्चात खाता खोल्ने प्रावधान छ तर सो प्रक्रिया पुरा गर्न नसक्दा खाता संचालनमा ढिलाई भएको हो ।

परिषदबाट गरिएको निर्णयको फाइल क्लोज गरेपछि त्यसलाई सम्बन्धित निकायको नेटमा हाल्नुपर्छ सो स्वीकृत भएपछि नयाँ खाता संचालनका लागि त्यहाँबाट आएको पत्रको आधारमा अख्तियारी पश्चात खुल्ने कानूनी प्रावधान छ । तर उपमहानगरपालिकाले हासम्म सो प्रक्रिया पुरा गर्न सकेको छैन समाचारमा भनिएकाे छ ।

यता नाम उल्लेख नगर्ने शर्तमा उपमहानगरपालिकाका एक कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत विनोद खड्का र मेयर साहबीचको मतान्तरले गर्दा फाइल क्लोजन हुन नसकेको बताए ।

उनले भने योजना छनौटमा नपरेका करारमा कर्मचारी भर्ना, मरम्मत सम्भारका लागि रहेका गाडी बनाउने, विभिन्न योजनामा रकम निर्धारणको विषयमा प्रमुख प्रशासकीय अधिकृतले असहमति जनाएको कारण मेयर साहले १५ दिन गर्नु फाइल क्लोज हालसम्म गरेको छैन ।

उनले प्रष्टयाउंदै भने परिषद वा बोर्डमा छलफल नै नभएका विषय करारमा कर्मचारी भर्ना गर्ने, मेयर चढदै आएको करीब डेढ करोड मूल्य बराबरको गाडी मरम्मत सम्भारमा लाग्ने खर्च ४८ लाख तिर्ने मेयरले राख्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतले ती कुरामा असहमति जनाउंदै करारमा कर्मचारी भर्ना गर्ने बोर्डबाट निर्णय भएपछि मात्रै राख्न सकिने र गाडी मरम्मतमा त्यति रकम तिर्नुभन्दा सो रकममा नयाँ गाडी नै खरीद गर्ने भन्दै आएका छन ।

नयाँ खाता संचालन हुन नसक्दा कर्मचारीहरुले गत तीन महिनादेखि तलब खान पाएका छैनन भने औषधि तथा शैक्षिक सामाग्री लगायत उपमहानगर तथा वडा कार्यालयका अन्य आर्थिक कारोबार ठप्प रहेको बताइएको छ ।

उपमहानगरपालिकाका लेखा अधिकृत नन्दकुमार झाले उपहानगरपालिकाको नयाँ खाता संचालन हुन नसक्दा कर्मचारीहरुको तीन महिनाको तलब बांकी रहेको र औषधि तथा शैक्षिक सामाग्री खरीद लगायतका कुनैपनि आर्थिक कारोबार अघि बढन नसकेको बताए ।

उनले थप्दै भने अहिलेसम्म खाता संचालन हुन नसकेपनि दशैं तिहार नजिक कात्तिक महिनामा कर्मचारीहरुलाई तलब भत्ता लगायतका भुक्तानीका लागि जसरी खोल्नैपर्छ ।

के कति कारण खाता खुल्न नसकेको जिज्ञासामा उनले बताउन नचाहदै लेखा अधिकृत झाले प्राविधिक प्रक्रिया पुरा गर्न नसएिको कारण खुल्न नसकेको भनेर कुरा टालेका छन ।
नयाँ खाता हालसम्म किन संचालन हुन नसकेको जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत ढकाल कुरा गर्न नचाहदै भने प्रक्रियामा छन, जहाँसम्म फाइल किन क्लोज गरिएन भने कुरा मेयरज्यूको अधिकारको कुरा हो उहाँसंगै सोध्नुस भने कुरा टालेका छन ।

यता मेयर लाल किशोर साहले उपमहानगरपालिकाको खाता हालसम्म किन संचालन हुन नसकेको जिज्ञासामा हाम्रो पालिकाका मात्रै देशका अधिकांश पालिकाको खाता संचालन हुन सकेको छैन, किन खुल्ने भने कुराको जवाफ खाता खोल्ने काम कोलेनिकाको हो उहाँसंगै सोध्नुस ।

परिषदको फाइल तपाईले क्लोज गर्न नसकेको कारण खाता संचालन हुन सकेको आरोप आइरहेको कुरामा उनले फाइल क्लोज भइसकेको दाबी गर्दै भने नयाँ खाता संचालनमा प्रत्येक वर्ष असोज कात्तिकसम्मको समय लाग्छ, प्रक्रियामा छन चाँडै नै खुल्नेछ । साभार : ईकागज

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७८ आश्विन ६, बुधबार २१:२०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७८ आश्विन ६, बुधबार २१:२०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७८ आश्विन ६, बुधबार २१:२०
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७८ आश्विन ६, बुधबार २१:२०
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७८ आश्विन ६, बुधबार २१:२०
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७८ आश्विन ६, बुधबार २१:२०

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव