जनकपुरधाम । प्रतिबन्धित लागू औषध गाँजा सहित एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको सिरहा नगरपालिका ६ बसविट्टा चौक स्थित वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार दिउंसो करीब एक बजेको समयमा मोटरसाइकल चेकजाँचको क्रममा धनुषाको सबैला नगरपालिका १३ तिरतपुरका २६ वर्षिय शुभकुमार महतोलाई गाँजा सहित पक्राउ गरेको हो ।
प्रहरी टोलीले महतोले प्रयोग गरेका ज ११ प १७४३ नम्बरको मोटरसाइकलबाट प्रहरीले ५ किलो २ सय २३ ग्राम गाँजा र २ पिस नाइट्रोभेट ट्याबलेट बरामद गरिएको कुरा जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका महतोलाई नियन्त्रणमा राखि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिप्रका सिरहाले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !