जनकपुरधाम । अनियमितता गर्ने कुनैपनि कर्मचारीलाई अब जनलोकपालले नछाडने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन ।
प्रादेशिक सुशासन केन्द्रले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमुल्यांकन सम्बन्धी समिक्षा एवं अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जनलोकपाल गठनको उद्देश्य बारे जानकारी दिदै यस्तो बताएका हुन ।
उनले जनलोकपालको गठन नै भ्रष्टाचार नियन्त्रण तथा प्रदेश भित्रका कर्मचारीलाई सुशासन कायम गराउनका लागि भएको भन्दै अब अनियमितता जो कोही पनि कर्मचारीलाई कारवाहीबाट बच्न सक्दैन । मुख्यमन्त्री राउतले अहिलेसम्म अनियतितता गर्ने कर्मचारी अख्तियारको फन्दामा परेपनि सेटिङमा मुद्दा मिलाउने गथ्र्यो तर अब जनलोकपालका पदाधिकारीबाट बच्न सक्दैन ।
स्थायी सत्ता भनिएका कर्मचारीहरु इमान्दार भई काम गर्न निर्देशन दिदै प्रदेशमा यदि सुशासन कायम गर्नुछ भने स्थायी सत्तामा रहेका कर्मचारीलाई इमान्दार हुनैपर्छ, जबसम्म कर्मचारी इमान्दार हुँदैन कुनैपनि हालतमा सुशासन कायम हुन सक्दैन बताए ।
मुख्यमन्त्री राउतले कुनै पनि अनियमितता डाइरेक्ट जनप्रतिनिधिबाट नभई कर्मचारीकै संलग्नतामा हुन्छ, जनप्रतिनिधिलाई नियम कानून बुझाउने जिम्मा पाएका कर्मचारी नै बेइमान भएपछि त अनियमितता हुन्छ नै, त्यसैले जनप्रतिनिधि भन्दा पनि कर्मचारी इमान्दार हुन जरुरी छ ।
सुशासन कायम गर्ने पहिलो चरण नै स्वमुल्यांकन रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले कर्मचारीलाई स्वमुल्यांकन लाई प्राथमिकतामा राखेर काम गर्न प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिए । उनले प्रदेशका अधिकांश स्थानीय तहले स्वमुल्यांकन नतिजा प्रकाशन गर्न नसकेकोप्रति दुख व्यक्त समेत गरे ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका प्रादेशिक निर्देशक एवं मुख्यमन्त्री कार्यालयका सचिव यम प्रसाद भुषालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव हरिप्रसाद मैनाली, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव वसन्त अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव विष्णु ढकाल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !