काठमाडौँ । नेपाल सरकारले जनगणना अवधिभर कर्मचारीहरुको काज तथा सरुवामा रोक लगाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका कर्मचारीको सरुवा नहुने जनाएको छ ।
स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका सम्पूर्ण कर्मचारीहरूलाई राष्ट्रिय जनगणनाको अवधिभर हाल कार्यरत स्थान÷निकायमै रहने व्यवस्था मिलाउन लेखी आएको हुँदा सो बमोजिम उल्लिखित कर्मचारीहरूको सरुवा÷काज सम्बन्धी कार्य जनगणना अवधिभरका लागि स्थगन गरिएको ब्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ, सूचनामा उल्लेख छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !