जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित रहेको जनकपुर फर्निचर सेन्टरले जनकपुरमै पहिलो पटक फर्निचर सम्बन्धी सामान अनलाईन सेवा मार्फत बिक्रिवितरण सुरु गरेको छ ।
बढदो प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै जनकपुर फर्निचर सेन्टरले अनलाइन सुविधा ल्याएको हो । जनकपुर शहरसहित आसपासको क्षेत्रमा समेत परिचित रहेको जनकपुर फर्निचर उद्योगले अत्याधुनिक फर्निचर आइटमहरु अब अनलाईनकै माध्यमले अर्डर गर्ने भएको छ ।
जनकपुरको भानुचोक स्थित रहेको जनकपुर फर्निचर सेन्टरमा समायानुकुल आधुनिक फर्निचरहरु उपलब्ध हुँदै आएको उद्योगका सँचालक धर्मनाथ साह कलबारले जानकारी दिए । बजार आउनुपर्ने झन्झट मान्ने ग्राहकहरुले घरमै बसेर मोबाइलबाट चाहेको फर्निचर अर्डर गर्न सक्ने उद्योग संचालक कलबारले जानकारी दिए ।
उद्योगले आउँदो असोज १ गतेदेखि मोबाईल एप समेत लँच गर्ने तयारी गरेको हो । फर्निचर उद्योगले फर्निचरका आइटमहरु देखाउनको लागि तथा त्यसको विस्तृत सहितको वेभसाईट समेत सँचालनमा ल्याएको छ ।
जसमा फर्निचरको आईटम सहित त्यसको ग्यारेन्टी, वारेन्टी, विस्तृत विवरण, मूल्य, अनलाईन पेमेन्टको समेत सुविधा रहने जनाइएको छ । जनकपुरकै सबभन्दा पुरानो मानिएको जनकपुर फर्निचर एसिया अवार्डको लागि समेत छनोट भएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !