जनकपुरधाम, नेपाल भारत रेल सेवा शुरुवात भएको १७ वर्षपछि पहिलो पटक भारतीय निजी कम्पनीको कार्गो रेल मालसामान सहित नेपाल आइ पुगेको छ ।
भारतको निजी कम्पनी हिन्द टर्मिनलका कार्गो रेल हल्दिया बन्दरगाहबाट ९० वटा कन्टेनर सहित बुधवार नेपालका नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहमा आएको हो । वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली लजिस्टिकले हिन्द टर्मिनलको रेल ९० वटा कन्टेनर सहित हल्दिया बन्दरगाहबाट वीरगञ्जको सुक्खा बन्दरगाहमा आज बिहान १० बजे आएको बताएका छन ।
गत असार २५ गते विद्यमान रेलसेवा सम्झौतामा संशोधन पश्चात रेल सेवा मार्फत नेपाल भारत ढुवानी सेवा शुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । उनका अनुसार नेपालमा रेलवेमार्फत मालसामान ढुवानीमा निजी सेवाप्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको छ ।
नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको कुरामा नेपालले असहमति जनाउंदै सन् २००९ देखि संशोधनको मांग गर्दै आएको थियो । गत ३ महीनाअघि सम्झौता संशोधन भएपछि कार्गो रेल सेवा संचालनमा आएको छ ।
भारतका कोलकाता, हल्दिया र विशाखापटनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार रहेको कुरामा संशोधित भई अब भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ ।
एकाधिकारका कारण रेल भाडामा मनोमानी हुने भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले नेपालमा रेलमार्पmत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानी गर्न सहमत भएका छन ।
रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा र नेपालमा व्यवसाय र रोजगारीको अवसर बढ्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताएका छन ।
नेपालले ढुवानी सेवालाई थप प्रतिस्पर्धी बनाउन निजी क्षेत्रलाई पनि समेटन सके भने अझ प्रभावकारी हुने र मालसमानको मूल्यवृद्धि समेत नियन्त्रण हुने सक्ने उनले बताए । उनले प्रष्टयाउंदै भने पहिला विभिन्न मार्फत नेपालमा सामान आउंदा आउंदा ढुवानी खर्च नै बढी हुने गरेको कारण सामान हुन जान्थ्यो तर अब बन्दरगाहबाट सोझै मालसामान आयात भएपछि ढुवानी खर्चमा बचत हुँदा सामानको दररेट कम हुन जान्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !